☰ open Loading... 2 May 2024|  

भाईरल जरोले मुगुमा एक जनाको मृत्यु
  | ३० पुष २०७४, आईतवार १२:२०

नन्द बहादुर रोकाया
मुगु । मौसमी रुगाखोकी भाईरल ज्वरोले मुगुमा एक जनाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालीका वडा नं ८ भ्यारी गाउँका ४२ बर्षीय खड्क रावलको भाईरल ज्वरोले मृत्यु भएको स्थानीय रत्न रावलले पश्चिमनेपाल डटकमलाई जानकारी दिए ।

उनका अनुसार भाईरल ज्वरो रुगाखोकीकै कारण एकै घरका तीन-चार जना बिरामी छन । मुगुमा भाइरल ज्वरोको प्रकोप कायमै रहेको र दुई महिना अघिदेखि फैलीिएको भाइरल जरोको प्रकोप केहि कम भएपनि पुर्ण रुपमा निर्मुल नभएकाे स्थानीय बताउँछन् ।

भाइरल ज्वरोकाे संक्रमण फैलदै गएकाे छ । छायाँनाथ रारा नगरपालिकाका देविप्रसाद रावलका अनुसार मुगुमा भाईरलको प्रकोप कायमै छ । स्थानीय त्रसित छन तर सम्बन्धित निकायलाइ चासो दिन अाग्रह गर्दा पनि अटेरी गरेकाे गुनासाे पाेखे ।

जिल्ला स्वास्थ्य कार्यलय मुगुका मेडिकल अधिकृत ज्ञानेश्वर श्रेष्ठका अनुसार भाईरल ज्वरोकै कारण मृत्यु नभएकाे दावी गरे । तर उनले अन्य व्यक्तिकाे तुलनामा भाईरल ज्वरोकाे संक्रमण देखिएका वृद्धवृद्धामा रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले मृत्यु भएको हुन सक्ने बताए

भ्यारी गाउँमा भाईरलकै कारण मृत्यु भएको खबर कार्यालयमा नअाएकाे र यस बारे बुझ्ने कार्य जारी रहेकाे जानकारी दिए । यस्तो बेला दिर्गरोगी, दम,पिनासका बिरामीहरुलार्इ धेरै बाहिर नहिंड्न उनले अाग्रह गरे । बालबालिकालाई सकेसम्म घरमै राख्न तथा अरु सचेतताका उपाय अपनाउन र समस्या भए तुरुन्तै नजिकै रहेका स्वास्थ्य संस्थामा पुग्न उनकाे सुझाव छ ।