☰ open Loading... 17 May 2024|  

ग्रामीण स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालन
  | ३० पुष २०७४, आईतवार १२:२९

सागर परियार
जुम्ला । तिला गाउँपालिका ४ निवासी बिमला शाहीलाई पिसाब पोल्ने समस्या छ । गएको एक दुई हप्ता पहिले उनी प्रत्येक महिना सदरमुकाम गएर आफ्नो पिसाब चेक गराउन्थीन । उनलाई पिसाब पोल्ने समस्या त छदैछ । चिसोका कारण रुघखोकी लागेपछि गएको शुक्रबार बिमला शाही कुडारी स्वास्थ्य चौकीमा पुगिन् ।

स्वास्थ्य चौकीमा रुघाखोकीको मात्र औषधीमा नभई दिशा पिसाब चेक गर्ने ल्याव सेवा संचालन भएको सुन्दा उनि दंग परिन् । अब गाउँमै दिशा पिसाब तथा रगत चेकजाँच गर्न पाईने भन्दै खुसी पनि भईन । स्थानीय स्तरकै स्वास्थ्य चौकीमा ल्याप सेवा संचालन गर्नु सामान्य आयस्तर भएका नागरिकहरुलाई राहत भएको उनको भनाई छ ।

रुघाखोकीको उपचार गराउन आएकी उनी आफ्नो पिसाब पनि चेक गराउन पाउँदा निकै खुशी लागेको बताईन् । तिला गाउँपालिका ३ मा रहेको कुडारी स्वास्थ्य चौकीले ल्याव सेवा संचालन गरेसंगै यहाँका स्थानीय निकै राहत महशुस गरेका छन् ।

ग्रामीण भेगका स्वास्थ्य चौकीमा ल्यापसेवा संचालन भएपछि स्थानीयलाई राहत पुगेको छ । तिला गाउँपालिका ३ स्थित कुडारी स्वास्थ्य चौकीमा ल्याव सेवा संचालनमा आएपछि स्थानीयलाई राहत पुगेको हो ।

तिला गाउँपालिका स्थानीय ल्याव सेवाका लागि पहिला सदरमुकाम खलंगा स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुग्नुपर्ने बाध्यता अब टरेको छ । त्यस्तै तिला ३ की देविकन्या भट्राईले पनि स्वास्थ्य चौकीमानै सबै चेकजाँच हुने थाहा पाएपछि त्यहि गएर उपचार गराईन् ।

पहिले सदरमुकाम जान विहानैदेखि तयार हुनु पर्ने, समयमै नपुगेपछि चेकजाँच नहुने, खर्च मंगो लाग्ने समस्याबाट हिजो आज छुट्करा मिलेको उनको अनुभव छ । विहान १० देखि साँझ ५ बजे सम्म जुनसुकै समयमा गएपनि सहजै रुपमा स्वास्थ्य चौकीबाट सबै खाले सेवा
पाईने स्थानीय कर्ण हमालले बताए ।

उनले पनि स्वास्थ्य चौकीको ल्यावबाट रगत चेक गरएका छन् । रगतमा समस्या, दिशा, पिसाब, तथा मृगौलामा समस्या, भएका विरामीहरु ल्याप सेवाबाट लाभान्वित भएको कुडारी स्वास्थ्य चौकीका ईन्चार्ज विरेन्द्रप्रसाद उपाध्यायले बताए । उनका अनुसार राष्ट्यि ल्याप सेवा टेकु काठमान्डौको ४ लाख र तिला गाउँपालिकाको १ लाख गरी ५ लाखको लागतमा ल्याप संचालन भएको छ ।

जुम्लामा खोला नालाको पानी बढि प्रयोग हुने भएकाले पिसाब सम्बन्धीका बिरामी बढि आउने गरेको छन् । ल्याबमा चेकजाँच गरेकोे शुल्क लिने गरिएको छैन । नाम लेखाउन मात्रै २० रुपैया लिने गरिएको छ । जुम्लाका २८ वटा स्वास्थ्य चौकी मध्ये कर्णालीमा ल्याब सेवा संचालन गर्ने पहिलो कुडारी स्वास्थ्य चौकी हो ।

घर नजिकै सबै प्रकार सेवा पाउँदा जति पैसा तिर्न पनि स्थानीय मन्जुर देखिएपनि नागरिकलाई सेवा निशुल्क दिनुपर्ने स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा तिला गाउँपालिका ३ का वडाध्यक्ष कालिबहादुर रावतले बताए ।

बल्ल सिहं दरबार गाउँमा पुगेको अनुभुति ३ नम्बर वडामा पर्ने कुडारी स्वास्थ्य चौकीले स्वास्थ्य सेवामा फड्को मारेकोप्रति वडाध्यक्ष रावतले खुशी व्यक्त गरे । अरु सेवा तथा विकास निमार्णबाट नभएपनि ल्याप सेवाले स्थानीयलाई सिहं दरबार गाउँमा बल्ला आएको अनुभुति भएको उनको बुझाई छ ।

सदरमुकाम जाँदा हुने खर्चबाट पनि स्थानीयलाई राहत भएको छ । गाउँपालिका अध्यक्ष रतनाथ योगीले केही समय पछि स्वास्थ्य चौकीबाटै विशषज्ञ सेवा संचालन गर्ने लक्ष्य राखिएको बताए । उनले भने, गाउँपालिकाले स्वास्थ्य शिक्षाका क्षेत्रमा प्रयाप्त लगानी गर्न नसकेको स्वीकार्दै अब त्यस तर्फ ध्यान केन्द्रित हुने छ । स्थानीयहरुमा आफ्नै गाउँठाउँमा ल्याप सेवा संचालनले निकै उत्साह छाएको छ ।