हात्तिखाल (सुर्खेत) । गत आसोजदेखी सुरुङ खान्न थालिएको राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनको एकहजार पाँचसय मिटर सुरुङ खनि सकिएको छ । बाँके र बर्दियाका ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाई पु¥याउने उदेश्यले निर्माण जारी रहेको यो आयोजनामा द्रुत गतिमा अघि बढेको छ ।
याे पनि पढ्नुहाेस् : भेरी बबई आयोजना : मेशीन आएको १५ दिनमै सुरुङ्ग खन्न शुरु
टनेल बोरिङ मेसिनले हालसम्म एक हजार पाँचसय सुरुङ खनिसकेको छ । यही रफ्तारमा काम अघि बढे आयोजनाको निर्धारित समयभन्दा अगावै काम सम्पन्न हुने अपेक्षा लिएको छ ।
भेरीगंगा नगरपालिकामा पर्ने याे अायाेजनाकाे ६ किलाेमिटर सुरूङ खन्ने कार्य सम्पन्न भएपश्चात चिप्लेस्थित भेरी नदीमा बाँध निर्माणकाे कार्य शुरू हुने भेरी-बबर्इ डाइर्भसनका अायाेजना प्रमुख शीवकुमार बस्नेतले जानकारी दिए । उनले यही रप्तारमा काम अघि बढे डेढ वर्षभित्रै अायाेजना सम्पन्न हुने उनले बताए ।
सुरूङ भित्रका १२ तस्वीर : सुशील खड्का