☰ open Loading... 19 April 2024|  

बाँके र बर्दियालाई प्रदेश ६ मा जोड्न पहल गर्छु : प्रदेश प्रमुख खनाल
  | ४ माघ २०७४, बिहीबार १७:२७

सुर्खेत । तराईसंग नजोडिएको प्रदेश नम्बर ६ मा बाँके र बर्दियाकालाई जोड्न पहल गर्ने प्रदेश ६ का प्रदेख प्रमुख दुर्गाकेशर खनालले बताएका छन् । पहिला नै प्रदेश ६ मा जोड्नु पर्ने यी जिल्लाहरु छुटेको भन्दै खनालले आफ्नो कार्यकालमा प्रदेश ६ मा जोड्न पहली प्रयास गर्ने बताएका हुन् ।

प्रदेश ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनाल ।

बाँके र बर्दियामा बसाेबास गर्ने अधिकाँश नागरिकहरूकाे रहनसहन, भेषभुषा, भाषा र संस्कृती प्रदेश ६ संग जाेडिएकाले प्रदेश ६ मै यी जिल्ला समाहित गर्नु पर्ने तर्क उनकाे थियाे ।

आफ्नै निवासमा पश्चिमनेपालसंग कुरा गर्दै प्रदेश प्रमुख खनालले भने,–‘प्रदेश ६ मा जति धेरै चुनौती छन् उतिनै धेरै सम्भावना पनि छन्, आफ्नो कार्यकालमा समुन्नत प्रदेश निर्माण गर्न हरबखत खटिनेछु ।’

जल स्रोत र पर्यटन हवलाई उचित व्यवस्थापन गरेर धनी प्रदेश बनाउनेमा आफू लाग्ने उद्घोष खनालले गरे । तिब्बतदेखी–भारतसम्मको आवागमन र व्यापार सहज बनाउन जुट्ने पनि खनालले स्पष्ट पारे । सवै दल एकवद्ध भएर समृद्ध प्रदेश बनाउनेतर्फ केन्द्रीत हुन उनले आग्रह गरे ।