☰ open Loading... 20 April 2024|  

राजनितिज्ञ देखि पत्रकार मौरी पालनमा
  | ५ माघ २०७४, शुक्रबार १८:५९

सागर परियार, जुम्ला । 

जुम्ला चन्ददनाथ नगरपालिका ३ निवासी रामकृष्ण बुढ्थापा नेमकिपाका उनि केन्द्रिय उपाध्यक्ष थिए । उनले जीवनको ३ दशक राजनितिमा विताएका छन् । राजनिति गर्दै गर्दा नयाँ शक्ति पाटी आएपछि नेमकिपा परित्याग गर्दै नयाँ शक्तिको जिल्ला संयोजकको रुपमा एक वर्ष जति काम गरे ।

एका तिर कृषि पेशालाई पनि अति माया गर्ने अर्को तिर राजनिति पनि गर्ने एकवर्ष पहिले कृषिबाटै समृछी हासिल गर्न सकिने सकल्प गर्दै पाटीबाट राजीनामा दिदै मौरीपालन व्यवसाय तिर लाग्नु भएको छ । कर्णालीमा मौरीपालनको सम्भावना चुनौतीलाई मध्यजनर गर्दै राजनिति छोडर मौरीपालनमा लागेको उनको भनाई छ ।

नेपालमा राजनिति गर्नु भन्दा कृषिबाटै समाजलाई ठुलोे राहात प्रदान गर्न सकिने उनको बुझाई छ । अहिले झण्डै २० वटा भन्दा बढि मोरीका घारहरु उत्पादन गर्नु भएको छ । भने, यस वर्षमा मात्रै, मह विक्रीबाट २० लाख भन्दा बढि आम्दानी गर्नु भएको छ । उनले उत्पादन गरेको मह नेपालमा मात्र नभई विदेशमा पनि निकै उत्कृष्ट मानिएको छ ।

बुढ्थापाले भने, जिल्लामा मौरीको अधिकतम सम्भावना छ । मौरी पालनलाई व्यवसायीकता दिए महबाटै करोडौँको कारोबार गर्न सकिने ठोकुवा गरे । अहिले ५ जनालाई उनले मौरीपालनमा व्यवसायमा रोजगारी समेत दिएका छन् ।

पहिले पनि मौरीपालन गरिहरनु भएको थियो । तर औपचारिक रुपमा राजनिति छोडेर मौरी पालन गर्दै आएको अहिले ठयाक्कै २ वर्ष पुगेको छ । मौरीपालनका दृष्टिले जुम्ला निकै सम्भावान रहेको ठाँउ मानिन्छ ।

जुम्लालाई मौरी पर्यटनका रुपमा विकास गरिदै 

जुम्लालाई मौरी पर्यटनका रुपमा विकास गर्न कर्णाली मौरी पालन सहकारी संस्थाले ठोस योजना बनाउने भएको छ । जुम्लामा मोरी पालनको सम्भावना प्रचुर भएकाले यसको व्यवसायीकता संगै आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि हुने र मौरीपालक व्यवसायीले राम्रो आयआर्जन गर्न ठोस योजना बनाउने तयारी भईरहेको छ ।

बजेट अभावका कारण जुम्लामा मौरी चरनखर्क व्यवस्थापनमा केहि ढिलाइ भएपनि चाडै व्यवस्थापन गरिने संस्थाका अध्यक्ष शिवलाल डाँगीले बताए । जुम्ला कृषि उपज उत्पादनका हिसाबले निकै राम्रो मानिएपनि त्यसको बजारीकरण र आर्थिक विकास आएको समस्यालाई हल गर्न मौरी पर्यटनका रुपमा विकास गर्न ठोस योजना चाहिले उनको भनाई छ ।

अर्गा्निक महको विकास गर्न मौरी पालनमा बढावा दिन थालिएको छ उनले भने, जिल्लाभरिका मौरीका घारको तथ्याङ्क सङ्कलन गर्ने तयारीमा जुटेका छौ । जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा जहाँसुकै मौरी पाइने भएकाले यो व्यवसाय गर्न वातावरण अनुकूल रहेको उहाँको भनाइ छ । गत वर्ष जुम्लाले रु ४ करोड बराबरको मह उत्पादन भएको सहकारी संस्थाले जनाएको छ ।

भने, यता जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष साढे ४ सय मेटिक टन मह उत्पादन भएको थियो । भने यस २० प्रतिशतले मह उत्पादनमा कम भएको कृषि कार्यालयका सुचना अधिकारी बालकरामम देवकोटाले बताए । असोजमा फुल फुल्ने बेला परेको वर्षातका कारण गत वर्ष भन्दा २० प्रतिशतले उत्पादनमा कमी आएको छ । जुम्लाको मह अर्गानिक भएपछि यसको माग बढ्दो छ ।

पत्रकारिता संगै मौरीपालन

जुम्लाका सरोज शाहि फोटो पत्रकार हुन । भने कान्जिरोवा टाईम्स मासिकका सम्पादक पनि हुन् । झण्डै डेढ दशक पत्रकारितामा समय विताएका शाहि पनि अहिले व्यवसायीक मौरी पालनमा जुटेका छन् । शाही पत्रकारिता संगै मौरीपालनमा लागेपछि धेरैलाई प्रेरणा पनि मिलेको छ । जुम्लामा मौरीपालनको बढ्दो सम्भावनालाई मध्यजनर गर्दै उनले मौरीपालन शुरु गरेका हुन् ।

यस वर्ष मह विक्रीबाट उनले झण्डै ३ लाख कमाएका छन् । अन्य युवाहरुलाई पनि साईट जव भएपनि कृषि पेशालाई नभुल्न सुझाब दिदै आएका छन् । पहिला पहिला भएका कारण पनि मौरी पालनमा अलि चुनौतीहरु भएको उनको भनाई छ । फुल फुल्ने बेला वर्षात हुने, मौरीको चरण क्षेत्रको अभाव, उचित घारको व्यवस्थापन नहुनु, व्यवसायीकता नदिनु लगायतका समस्याले मौरीपलनमा अबसर संगै थुप्रै चुनौती रहेको मौरीपालन व्यवसायीहरुले बताएका छन् ।

जुम्लाका मौरीपालक कृषक बुढ्थापा सम्मानित

यस बर्षको राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट जुम्लाका मौरीपालक कृषक रामकृष्ण बुढ्थापा सम्मानित हुनु भएको छ । असोज ३०मा परेको विश्व खाद्य दिवसका अवसरमा नेपाल सरकारले बुढ्थापालाइ राष्ट्रिय उत्कृष्ठ मौरीपालक कृषक पुरस्कारबाट सम्मानित गरेको हो ।

जिल्ला कृषि विकास कार्यालय जुम्ला तथा राष्ट्रिय मौरी पालन विकास कार्यक्रम गोदावरी ललितपुर र ब्यवसायिक किट विकास निर्देशनाय काठ्माडौको सिफारिसमा पुरस्कारबाट बुढ्थापालाइ सम्मान गरीएको कृषि विकास कार्यालयका जुम्लाका प्रमुख भरत प्रसाद कडेलले बताए । त्यतिबेला देशभरी अन्य ५ जना मौरीपालन कृषक समानीत भएका थिए ।

जसमा एपि सेरानामा जातको मौरीपालन तर्फ चन्दननाथ नगरपालिका ३ जुम्लाका कृषक रामकृष्ण बुढ्थापा, धादिङकानारायण घिमिरे र कास्कीका शिवराम भण्डारी पुरस्कृत भएका छन् । भने एपि मेलिफेरा जातको मौरीपालन तर्फसर्ला्हिका मनोजराज सिंह र नवलपरासिका २ जना मौरीपालक कृषक पुरस्कृत भएका छन् ।