☰ open Loading... 17 May 2024|  

प्रदेश प्रमुख खनालले गरे पदभार ग्रहण
  | ७ माघ २०७४, आईतवार ११:१५

सुशील खड्का
सुर्खेत, ७ माघ ।
प्रदेश ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले आईतबार पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको सपथ ग्रहण लिइसकेपछि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत आएका खनालले क्षेत्रीय वन निर्देशनालयमा रहेको प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहणपछि खनालले प्रदेश सांसदहरुलाई सपथ खुवाउने जिल्ला समन्वय समितिको हलमा कार्यक्रम तोकेको पत्रमा हस्ताक्षर गरेका थिए । पत्रकारसंग संक्षिप्त कुरा गर्दै प्रदेश प्रमुख खनालले प्रदेश ६ को विकासका लागि आफू कटिवद्ध रहेको बताए । उनले सवैपक्षको साथ र सहयोगको अपेक्षा राखेको पनि उल्लेख गरे ।

 

प्रदेश प्रमुख खनालले आजै प्रदेश सांसदहरुलाई सपथ खुवाउने कार्यतालिका छन । जिल्ला समन्वय समितिको हलमा आज दिउसो १ बजे प्रदेश ६ का ४० जना संसदले सपथ खादैछन् । एकैपटक ४० जनालाई सपथ खुवाउन नमिल्ने प्रावधान भएकाले प्रदेश सांसदहरू मध्य जेष्ठ प्रदेश सदस्यलाई प्रदेश प्रमुख खनालले सपथ खुवाउने छन् ।

प्रदेश ६ का जेष्ठ प्रदेश सभा सदस्यहरुमध्ये हिमबहादुर शाहीले पहिले सपथ ग्रहण गर्नेछन् । ६८ वर्षिय शाहीलाई शुरूमा प्रदेश प्रमुख खनालले शुरूमा सपथ खुवाउने छन् । नेपाली काँग्रेस दैलखबाट समानुपातिक सांसद बनेका शाहीले सपथ खाएपछि प्रदेशका ३९ जना अन्य सांसदहरूलाई सपथ खुवाउने प्रशासक प्रधानले बताए ।