☰ open Loading... 2 May 2024|  

यसरी खाए प्रदेश नं. ६ का प्रदेशसभा सदस्यहरूले सपथ
  | ७ माघ २०७४, आईतवार १५:४२

सुर्खेत । प्रदेश नं. ६ मा निर्वाचित प्रदेशसभा सदस्यहरुले गोपनीयताको शपथ ग्रहण गरेका छन । अस्थायी केन्द्र सुर्खेतमा प्रदेश प्रमुख दुर्गाकेशोर खनालले प्रदेशसभा सदस्यलाई सपथ ग्रहण गराएका हुन् ।

प्रदेश प्रमुख खनालले सबैभन्दा पहिले प्रदेश सभा सदस्यहरुमध्ये जेष्ठ सदस्य हिमबहादुर शाहीलाई पद तथा गोपनीयताको सपथ गराएका थिए । अन्य ३९ जना प्रदेश सदस्ययहरुलाई शाहीले सपथ ग्रहण गरेका थिए ।

कार्यक्रममा प्रदेश प्रमुख दुर्गाकेशोर खनालले प्रदेश ६ को शान्ति र समृद्धिका लागि आफु कटिबद्ध रहेको बताए । उनले सवैपक्षको साथ र सहयोगको अपेक्षा राखेको पनि उल्लेख गरे । समृद्धि प्रदेश निर्माणका लागि सबै एकजुट भएर अघि बढ्नपर्ने उनले बताए ।

शपथपछि प्रदेश नं. ६ का प्रदेश सदस्यहरुले विकासमा एकजुट भएर अघि बढ्ने प्रतिवद्धता जनाएका छ ।