☰ open Loading... 2 May 2024|  

संसदीय दलकाे प्रथम बैठक : प्रदेश नं. ६ काे नेतृत्व एमालले गर्ने दावी
  | ८ माघ २०७४, सोमबार १८:०८

सुर्खेत । नेकपा एमाले प्रदेश नम्बर ६ को संसदीय दलको प्रथम बैठक सम्पन्न भएको छ । नेकपा एमालेका प्रदेश नंं ६ का सह–संयोजक यामलाल कंडेलको अध्यक्षतामा बसको बैठकले प्रदेश राजधानी वीरेन्द्रनगरसँग केन्द्रीय राजधानीसम्म सिधा हवाई यातायातको व्यवस्था गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गर्ने निणर्य गरेको छ ।

प्रदेशका सबै जिल्लामा प्रदेश राजधानीबाट हवाई यातायातका लागि पहल गर्ने निर्णय गरिएको सह–संयोजक कंडेलले जानकारी दिए ।

प्रदेशमा सरकार गठनका लागि एमालेसंग आवश्यक पर्ने मत प्रयाप्त भएकाले आफ्नो नेतृत्वमा सरकार गठनका लागि केन्द्रीय कमिटीमा माग गर्ने निर्णय गरिएको छ । प्रदेश नम्ं. ६ मा जम्मा ४० सिट रहेको प्रदेश ६ मा एमालेले ५० प्रतिशत अर्थात २० सिट जितेको भन्दै बैठकले प्रदेशको नेतृत्व दावी गर्ने निर्णय गरेको हो ।

प्रदेश सदस्य समेत रहेका कंडेलले भने, ‘एमाले प्रदेश कमिटीले यसअघि जारी गरिएको प्रदेशको सुशासन, आर्थिक विकास र सम्बृद्धिको मार्गचित्रलाई कार्यान्वयन गर्ने निर्णय गरेका छौँ ।’