☰ open Loading... 17 May 2024|  

नवौं प्याब्सन प्रतियोगितामा चार समुह सेमिफाइनलमा
  | १३ माघ २०७४, शनिबार १९:५३

महेन्द्रनगर । नवौं प्याब्सन प्रतियाेगिताकाे चौथो दिन भलिबलतर्फका लिग खेलहरु सम्पन्न भएका छन । खेल अन्तरगत समुह ‘क’ बाट डायमण्ड पब्लिक स्कूल समुह विजेता, समुह ‘ख’ बाट इण्टरनेशन स्कूल, समुह ‘ग’ बाट सनराइज पब्लिक स्कूल र समुह ‘घ’ बाट ज्ञान बाटिका स्कूल समुह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेका छन ।

शनिवार भएको समुह ‘क’ को विजेता डायमण्ड र समुह ‘ग’ को विजेता सनराइज विचको सेमिफाइनल खेलमा डायमण्डले पहिलो सेट २५–१८ ले जित्दै आफ्नो दावेदारी प्रस्तुत गरेको थियो तर दोस्रो सेटबाट सनराइजले २५–२० र २५–२२ को सेटमा हराउदै फाइनल यात्रा तय गरेको छ ।

शनिवार नै सम्पन्न खेलहरुमा ब्याडमिण्टन (प्रा.वि.)छात्रतर्फ इन्टरनेशनका अंशु भट्ट प्रथम, सुर्योदयका सुरज नेपाली द्वितीय तथा वेष्टर्नका पुकार चन्द र ग्रिनल्याण्डका राकेश चन्द तृतीय भएका छन । छात्रातर्फ कस्मोपोलिटनकी निशा खत्री प्रथम, चन्द्र देवलकी कशिश पाल द्वितीय तथा होली चिल्ड्रनकी निर्मला जोशी र लिटिल स्टारकी झरना कुँवर तृतीय भए ।

मा.वि. तर्फ (११–१२) को टेबल टेनिस तर्फ इन्टरनेशनलका पवन बुढाऐर प्रथम, डायमण्डका विवेक विष्ट द्वितीय तथा सनराइजका रोहन खत्री र होली फेमलीका जगदिश ठगुन्ना तृतीय भए । छात्रातर्फ सनराइजकी इन्दु ज्ञवाली प्रथम, इन्टरनेशनलकी संगिता भट्ट द्वितीय तथा होली फेमलीकी मरियम कार्की तृतीय भएका छन ।

मा.वि. तर्फ (९–१०) को टेबल टेनिसतर्फ ग्लोबलका सौरभ जोशी प्रथम, इण्टरनेशनलका सरोज भट्ट द्वितीय तथा सनराइजका निराजन चौधरी र कस्मोपोलिटनका यादव गिरी तृतीय भए ।

मा.वि. तर्फ (९–१०) को लङजम्प छात्रतर्फ इन्टरनेशनलका हार्दिक भट्ट प्रथम, ध्रुवताराका गोरख सुनार द्वितीय र हरीचन्द्र परभाका आदर्श भट्ट तृतीय भए । छात्रातर्फ डायमण्डकी अञ्जली चन्द प्रथम, इण्टरनेशनलकी मनिषा महरा द्वितीय र सनराइजकी अंकिता दियाल तृतीय भएका छन ।

मा.वि. तर्फ (९–१०) को ज्याबलिन छात्रतर्फ अरनिकोका राम ब. पातली प्रथम, चन्द्रसुर्यका सरोज महरा द्वितीय, बाटिका इन्टरनेशनलका रोशन खडका तृतीय भए । छात्रातर्फ डायमण्डकी तारा नाथ प्रथम, सनराइजकी पुजा पाली द्वितीय र सुर्योदयकी सुमित्रा राना तृतीय भएका छन ।

मा.वि. तर्फ (९–१०) को सटपुट छात्रतर्फ डायमण्डमा अभिषेक चन्द प्रथम, अरनिकोका अल्विन कार्की द्वितीय र होली फेमलीका बबी चौधरी तृतीय भए । छात्रातर्फ इण्टरनेशनलकी लक्ष्मी विष्ट प्रथम, होली फेमलीकी आस्मा कार्की द्वितीय र सुर्योदयकी सुमित्रा राना तृतीय भएका छन ।

आधारभूत तर्फ (६–८) को रिले छात्र तर्फ होली चिल्ड्रन प्रथम, अरनिको द्वितीय, शिशु विद्या मन्दिर तृतीय भए । छात्रातर्फ डायमण्ड प्रथम, इण्टरनेशनल द्वितीय र होली चिल्ड्रन तृतीय भएका छन ।