☰ open Loading... 19 April 2024|  

चारबाहिनी संस्थाकाे अध्यक्षमा सिंह
  | १३ माघ २०७४, शनिबार २०:२३

सुर्खेत । चार वाहिनी रोड टोल विकास संस्थाकाे नयाँ कार्यसमिति चयन भएकाे छ । वीरेन्द्रनगर-१२ मा रहेकाे संस्थाकाे शनिवार सम्पन्न दशाैं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेकाे हाे ।

 

संस्थाकाे अध्यक्षमा पुनः शेर बहादुर सिंह (पुन), उपाध्यक्षमा मनिकला सापकोटा, सचिवमा पुर्ण बहादुर सापकोटा, सह-सचिव :- पार्वती चपाई र कोषाध्यक्षमा धर्मराज लामिछाने (पुन) चयन भएका छन् ।

यस्तै सदस्यहरूमा लक्ष्मी लामिछाने, विषमीता सापकोटा, बिमला बिक छन् । एक सदस्य भने कार्यसमितिकाे पहिलाे बैठकले मनाेनित गर्ने छ । तर, शनिवार नै सम्पन्न सधारण सभाले लेखा संयोजक गोपीलाल ढकाललार्इ चयन गरेकाे छ ।

उद्घाटन सत्रमा संस्थाका काेषाध्यक्ष धर्मराज लामिछानेले अार्थिक वर्ष २०७३/०७४ मा १६ लाख १० हजार ४७७ रूपैयाँकाे अार्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने  प्रगति प्रतिवेदन संस्थाका सचिव नन्दा रेग्मीले सार्वजनिक गरेकी थिइन् ।

कार्यक्रममा वडा नं १२ का वडा अध्यक्ष लोकप्रसाद चालिसे, संस्थापक अध्यक्ष प्रेम कुमार आचार्य लगायतकाे उपस्थिति थियाे ।