☰ open Loading... 2 May 2024|  

सलमानलाई भेटेपछि किन बहकियाे शुस्मा कार्कीकाे मन ? (भिडियाे)
  | १३ माघ २०७४, शनिबार २०:३६

सुर्खेत । गायक पारसमणि ढुंगाना र गायिका मेलिना राईको आधुनिक गीत “बहकियो मन आज नमानी लाज ” सार्बवनिक भएकाे छ ।

नायिका शुस्मा कार्की र सुरेश लामाको अभिनय रहेको गीतमा पारसमणि ढुड्डानाकै संगीत र प्रबोद आचार्यको शब्द छ । सनया फिल्म प्रोडक्सनको ब्यानरमा तयार पारिएको गीतलाई सुजन तामाङले निर्देशन गरेका छन ।

नेपाली सिने तथा मोड्लिङ्ग जगतमा हट नायिकाको रुपमा आफुलाई स्थापित गरेकी शुस्मा कार्कीले बलिउड सुरिस्टार सलमान खानसंग भेटे लगतै उनले यो गीतमा अभिनय गरेकी हुन ।

सलमान खान नेपाल आउनुभन्दा केही समय सार्वजनिक भएको यस गीतलाई बिषेश रुपमा हेरिएको छ । दोलखाको रमणिय स्थल कालिन्चोक र खरिढुंगा र काठमाण्डौको जहरसिहपौवाका सुन्दर दृश्यहरुमा गीत छायांकन गरिेएको छ ।

एक जोडी प्रेमीको प्रेम कथा बनाएर छायांकन गरिएको गीतमा भिन्न समय र मौसममा प्रेमील जोडीलाई गीतमा उतारिएको छ । गीतका गीतको भाव अनुसारको कला संयोजन गरिएकोले पनि गीत निकै सुन्दर देखीन्छ ।

टेकराज लाङघाली र दिप्त प्रकाश काश्यपको सह-निर्देशन रहेको यस गीतलाई दिब्यश्वरी प्रा.लि. र पारसमणि ढुङ्गानाको निमार्ण रहेको छ भने राहुल राईको छायांकन र अनिल कुमार मर्हजनको सम्पादन, बुद्घ सायमीको एरेन्ज गरेका छन् ।