☰ open Loading... 19 May 2024|  

५० केजी गाजासहित दुई जना पक्राउ
  | १४ माघ २०७४, आईतवार ०८:१८

दाङ  ः रोल्पाको थवाङ गाउँपालिकामा ५० केजी गाजासहित दुई जना पक्राउ परेका छन् । थबाङ गाउँपालिका ३ तालाबाङ का २२ वर्षका प्रश्न बुढा मगर र शेर बहादुर बुढा मगर गाजासहित पक्राउ परेका हुन् ।

उनीहरुलाई प्रहरीले रोल्पाको घर्तीगाउँबाट पक्राउ गरेको प्रहरी हवल्दार वसन्त भण्डारीले जानकारी दिए । उनले थप अनुसन्धान भइरहेको जानकारी दिए। सुराकीको आधारमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।