☰ open Loading... 20 April 2024|  

गुन्द्री छोईंदा कुटपिट !
  | १६ माघ २०७४, मंगलवार १६:३४

दैलेख  ।  महाबु गाउँपालिका–२ बडखोलाको डुंग्री भानेखोलाका ५५ वर्षीय पहल बिकलाई सोही ठाउँका ४७ वर्षीय भीमबहादुर रोकाय र महाबु गाउँपालिका–१ खरिगैरा घर भएका भीमबहादुरका जुवाई २६ वर्षीय नगेन्द्र खत्रीले जातीय विभेद गर्दै मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

सोमवार दिउँसो भीमबहादुरको घरमा काटिएको खसीको मासु किन्न त्यहाँ पुग्दा उनीहरु बसेको गुन्द्री छोइएको भन्दै आफू माथि कुटपिट भएको पहलको भनाई छ ।

कुटपिटको क्रममा पहलको दाहिने आँखामा कडा चोट लागेको छ । जिउभर लात्ती र मुक्काले चोट लागेको भन्दै पीडित प्रहरीमा उजूरी दिनुभएको छ ।

आरोपित पक्ष भीमबहादुर रोकाय र नगेन्द्र खत्री समेतलाई मंगलवार जिल्ला प्रहरी कार्यालय दैलेखमा झिकाइएको मुद्दा शाखा प्रमुख सई चेतराज पन्तले जानकारी दिए ।