पार्वती बस्नेत
दाङ । एस.एल.सि परिक्षा दिएर बसेको फुर्सदिलो समय,केहि गरौ भन्ने मनमा रहर र चाहना,समयको सदुपयोग गर्छु भन्दै जिल्ला घरेलु उद्योगले दिएको ३ महिने सिलाई तालिममा सहभागी भइन विष्णु थापा । उद्यमशिलता ध्येय लिएर होमिएकी उनी अहिले दाङ जिल्लामा उद्यमशिलताका कुनैपनि तालिमहरु शुरु हुन थाल्यो भने थापाको नाम अग्र स्थानमा परिचित बनेको छ ।
त्यत्तिमात्र होईन आजभन्दा करिब १० वर्ष अघि थापालाई सफल उद्यमी भनेर नेपाल सरकारले सम्मान समेत गरीसकेको छ । करिब १७ बर्ष अघि तिने महिने सिलाई सिकेपछि थापाले आफुले सिकेको सिप अन्य दिदिबहिनीहरुलाई पनि सिकाउछु भन्ने उद्धेष्यले थापाले ॐसिलाई प्रशिक्षण केन्द्रको शुरुवात गरेको बताइन ।
सिलाई केन्द्र खोल्नुका पछाडी पनि थापाको काहानी छ,त्यो समय दाङमा भिजिट नेपाल नामक महोत्सवको आयोजना गरिएको थियो उक्त महोत्सवमा थापाले हातले पेन्ट गरेका पेन्टिङका सामानहरु प्रर्दशनिमा राखेवापत १०हजार रकम प्राप्त गर्न सफल हुदा थापालाई लाग्यो अब यस क्षेत्रमै केहि गर्न सकिन्छ किनकी सिप सिक्नु भनेको कसैले खोसेर लैजान नसक्ने हुदा अब यहि क्षेत्र मै केहि गर्छु भन्ने प्रेरणाले थापालाई सिलाई प्रशिक्षण केन्द्र खोल्न हौसाएको बताइन ।
आफुले शुरुवात गर्दा थापाले महिनाको एकसय रुपैयामा सिलाई सिकाथिन् तर आजभोलि मासिक १५ सय देखी २ हजार रुपैयासम्म सिलाई फिस लिने गरेको थापा बताउँछिन् ।
आफुजस्तै सयौको संख्यामा सिलाई तालिम प्रशिक्षक उत्पादन पनि गरिसकेको बताएकी थापाले अहिले सुत्केरी आमाहरुको लागी न्यानो झोला कपडा तयार पार्ने देखी २७ प्रकारको सिपमा आफु निपुर्ण भएको जानकारी दिइन् । थापा अहिले विभिन्न संघ–संस्थाहरुले आयोजना गर्ने तालिमहरुको मुख्य प्रशिक्षक को रुपमा विभिन्न जिल्लाहरुमा पुग्ने गर्छिन । त्यसरी प्रशिक्षकका रुपमा जादा थापाले दिनमै ५ हजार रकम प्राप्त गर्नेगरी सम्झौता गर्ने गरेको बताइन् ।
महिला शसक्तिकरण तथा महिला सबलताका लागी पनि महिला आर्थिक रुपमा शसक्त हुन आवश्यक रहेको बताउने थापाले महिलाहरुलाई अग्रणी भुमिकामा लैजानका लागी पनि सिप र क्षमता बिकासमा टेवा पुग्ने अबसरहरु दिन जरुरी रहेको थापाले बताइन् ।