☰ open Loading... 3 May 2024|  

भारत नेपाल व्यापार मेला देहरादुनमा
  | २० माघ २०७४, शनिबार ११:५२

भीमदत्तनगर  ।  भारतको उत्तराखण्डस्थित पर्यटकीय नगरी देहरादूनमा शुक्रबारदेखि दोस्रो भारत नेपाल व्यापार तथा पर्यटन महोत्सव शुरु भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको मेलाको भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले उद्घाटन गर्दै उत्तराखण्ड सरकार दुई देशबीच व्यापारिक र पर्यटन सम्बन्ध स्थापित गर्न तयार रहेको धारणा राखे ।

वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले दुई देशबीच व्यापारिक र पर्यटन महोत्सवले निकै फाइदा पुग्ने विश्वास व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले व्यापार र पर्यटन मेलाले स्वदेशी उत्पादनले बजार पाउने बताए ।

मेलामा नेपाल र भारतका कृषि उत्पादन, हस्तकला र विजयसालका सामग्री, जडीबुटी, खाद्य वस्तुका साथै पहिचान झल्काउने वस्तुका ५० भन्दा बढी कक्ष राखिएको कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जंगबहादुर मल्लले जानकारी दिनुभयो । कञ्चनपुर उद्योग वाणिज्य संघको पहलमा भएको मेला यही माघ २५ गतेसम्म सञ्चालन हुनेछ ।