☰ open Loading... 2 May 2024|  

प्रदेश ६ : दोस्रो बैठकको कार्यसूची तयार
  | २७ माघ २०७४, शनिबार २०:०४

सुर्खेत । प्रदेश नम्बर ६ को दोस्राे संसद बैठकमा तीन विषयमाथि छलफल गर्न कार्यसूची तयार गरिएको छ । प्रदेश ६ को संसद सचिवायल र दलहरुविच भएको सर्वपक्षिय वैठकले मुख्यगरी तीन विषयमाथि छलफल गर्न कार्यसूची तयार गरेको हो ।

माघ २९ गते दिउसो १ बजे बस्ने संसद बैठकले मुख्यगरी सभामुख पदनको निर्वाचन गर्ने विषयमा कार्यसूचि तयार पारेको छ । यसैगरी उप–सभामुखको निर्वाचन, व्यक्तिगत विवरण पेश गर्ने (कार्यविधिको अनुसूची ३ संग सम्बन्धित, माननीयहरु र कर्मचारीहरुको लागि अभिमुखिकरण कार्यक्रम विषयमा छलफल गरिने कार्यसूची तयार पारेको हो ।

प्रदेश संसद सचिवालयका सचिव कृष्ण हरी खड्काले सोमबार बस्ने दोश्रो बैठकले सभामुख चयनसंगै उप–सभामुख चयन गर्ने मिति तोक्ने जानकारी दिए ।