☰ open Loading... 19 April 2024|  

पठनपाठनमा सुधार गर्न मोवाइल वैठक प्रभावकारी
  | १० फाल्गुन २०७४, बिहीबार १६:४५

बुद्धिमान पुन
सल्यान । सल्यानका बिभिन्न बिद्यालयहरुमा पठनपाठनमा सुधार गर्न थालिएको मोवाइल वैठक प्रभावकारी बन्दै गएको छ । जिल्लाका दुई वटा गाउपालिकामा विद्यालयको पठनपाठनमा सुधार गर्नका लागी थालिएको मोवाइल वैठक प्रभावकारी बन्दै गएको हो । जिल्लाको दार्मा गाउपालिकाका ३६ विद्यालय र कुमाख गाउपालिकाका ९ विद्यालयले अहिले विद्यालयको पढाइ र सिकाइ उपलव्धीमा सुधार गर्नका लागी मोवाइल वैठक संचालन गर्ने गरेका छन् ।

महेन्द्र मावि जिमाली अन्र्तरगतको वाल विकास केन्द्रकी सहजकर्ता कोपिला पुरीले वाल विकास केन्द्रमा कार्यरत वाल विकास सहजकर्ताहरुले हरेक दुई महिनामा मोवाइल वैठक गर्ने गरेको बताइन । ‘दुई महिनाको अन्तरमा पालैपालो फरक फरक वालविकास केन्द्रमा हाम्रो वैठक हुन्छ’ उनले भनिन् –‘जसका कारणले वैठक हुने वालविकास केन्द्रका राम्रा कुरा सिकेर आफ्ना वालविकास केन्द्रमा लागु गर्न सजिलो भएको छ ।’

सहजकर्ताहरुले नयाँ नयाँ वालविकास केन्द्रमा वैठक हुँदा आफुहरुका लागी शैक्षिक भ्रमण जस्तो समेत हुने गरेको र देखेर सिक्न सजिलो भएको बताएका छन् । छ वटा सिकाइ कुना मार्फत वालवालिकालाई त्यस विद्यालयले कस्ता शैक्षिक सामाग्री प्रयोग गर्छ भन्ने थाहा हुने गरेको विश्वेश्वर आधारभुत विद्यालय ढाकाडाम त्रिवेणी अन्र्तरगतको वालविकास केन्द्रकी सहजकर्ता झरणा चन्दले बताईन् । ‘आफ्नो वालविकास केन्द्रभन्दा राम्रा कुरा सिकेर आउछौँ भने सुधार्नुपर्ने कुराहरु सिकाएर आउँछौँ’– उनले भनिन् ।

हाल यस क्षेत्रका ३२ वटा वाल विकास केन्द्रले सेभ द चिल्ड्रेन र दलित विकास समाज सल्यानको साझदारीमा संचालित सवैका लागी पढाई कार्यक्रम मार्फत वालमैत्री वसाइ व्यवस्थापन गरेर ६ सिकाइ कुना मार्फत सिकाइ रहेका छन् । संगित कुना, अभिनय कुना, गणित कुना, भाषा कुना, निर्माणात्मक कुना र विज्ञान कुना गरी अन्र्तरक्रियात्मक तरिकाबाट वालवालिकालाई सिकाउदा निकै सजिलो भएको छ ।

यस्तै कक्षा १ र २ मा पढाउने शिक्षकहरुले समेत मोवाइल वैठक संचालन गरिरहेका छन् । मोवाइल वैठकमा शिक्षकले पढाउने क्रममा भोगेका चुनौतीका समेत मज्जाले छलफल हुने भएकोले यसको प्रभावकारीता बढेको नवसर्वसाधारण आधारभुत विद्यालय रातामाटा भल्चौरकी शिक्षीका मोहन कुमारी चन्दले बताइन ।

‘आफुलाइ चुनौती बनेको कुरा अरु विद्यालयले कसरी समाधान गरेको छ भन्ने थाहा हुन्छ’ उनले भनिन –‘आफुले गरेका राम्रा उदाहरण समेत अरुलाई सुनाउन पाउँदा खुसि लाग्छ ।’ हाल जिमालीका ९ वटै विद्यालयले विद्यालयकै श्रोतबाट कक्षा १ देखि ३ सम्म वालमैत्री बसाइ व्यवस्थापन गरेका छन् ।

विद्यालयको सिकाइ उपलव्धी सुधार गर्नका लागी जिल्ला शिक्षा कार्यालयसँग मिलेर सेभ द चिल्डे«नले कक्षा १ र २ मा प्रत्येक विद्यार्थिलाई पुग्ने गरी नेपाली विषयको लागी कार्यपुस्तिका समेत सहयोग गरेको छ । जसले गर्दा कक्षाभित्र नै स्थानिय शैक्षिक सामाग्रीको प्रयोग गरेर विद्यार्थिलाई कार्यृपुस्तिकामा सिकाउन सजिलो भएको महेन्द्र मावि जिमालीका शिक्षक हेमराज केसीले बताए ।