☰ open Loading... 17 May 2024|  

कर्णाली प्रदेशस्तरिय क्रिकेट प्रतियाेगिताकाे सफल पार्न उपसमिति गठन
  | १४ फाल्गुन २०७४, सोमबार १९:४३

सुर्खेत । यही फागुन १९ गते बाट सुर्खेतमा सञ्चालन हुने कर्णाली प्रदेशस्तरिय क्रिकेट प्रतियाेगिता सफल पार्न उप समिति गठन गरिएकाे छ । सुर्खेत क्रिकेट संघको आयोजनामा हुन लागेको प्रदेशस्तरिय टि-२० क्रिकेट प्रतियोगिता भब्य रुपमा सप्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएकाे हाे ।

प्रचार प्रसार उपसमितिको संयोजकमा नगेन्द्र उपाध्याय, सदस्यमा रमेश शाही र प्रकाश भुसाल छन् । यस्तै मञ्च तथा अतिथी सत्कार उपसमितिको संयोजकमा सन्दीप कोइराला, सदस्यमा विश्व भारती र सन्देश रावत छन् भने मैदान तथा प्राबिधिक उपसमिति संयोजक श्याम थापा, सदस्यमा जीवन शाही र प्रकाश भुसाल छन् ।

होटेल तथा खेलाडी व्यवस्थान उपसमिती संयोजकमा रुद्र भण्डारी सदस्य बिदुर केसी र मेहेस आचार्य रहेकाे  सुर्खेत क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए ।

प्रतियोगितामा हालसम्म दैलेख, सल्यान, जाजरकोट, रुकुम र सुर्खेत जिल्लाका खेलाडीहरू सहभागी हुने निश्चित भएकाे छ । प्रतियोगितामा करिव ६ लाख खर्च हुनेछ अायाेजकले जनाएकाे छ । तर आर्थिक संकलन प्रायाप्त नभएकाले व्यवसायी र नगरपालिकासंग सहयोगको उपेक्षा अायाेजकले राखेकाे छ ।