☰ open Loading... 24 February 2025|  

कर्णाली प्रदेश आईडलमा १९ गते पिएनओ राउण्ड हुँदै
  | १५ फाल्गुन २०७४, मंगलवार ०९:४१

सुर्खेत । कर्णाली प्रदेशमा लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्न सञ्चालन गरिएको कर्णाली प्रदेश आईडलको १९ गते पिएनओ राउण्ड हुने भएको छ । प्रदेशका १० जिल्लाहरुबाट छनौट भएका गायनतर्फका ३३ जना पिएनओ राउण्डमा छनौट भएका छन् ।

याे पनि पढ्नुहाेस् : ६ प्रदेश आईडलको अडिसन शुरू

सिंगारो म्युजिक प्रा.लि. सुर्खेतको आयोजनामा भएको कर्णाली प्रदेश आईडलमा १९ गते हुने पिएनओ राउण्डमा २५ जना छनौट हुनेछन् । ‘फागुन १२ गते सम्पन्न मेघा अडिसनबाट ३३ जना छनौट गरिएको छ’ अध्यक्ष रमेश सापकोटाले भने,–‘१९ गते हुने पिएनओ राउण्डबाट २५ जना र २४ गते हुने पिएनओ तथा लाइभ राउण्डबाट २० जना छनौट गर्दैछौं ।’

याे पनि पढ्नुहाेस् : ‘६ नम्बर प्रदेश आर्इडल’ प्रतियोगिता हुँदै

आगामी चैत्र ३ गते ट्रयाक राउण्डबाट १५ जना छनौट गरिनेछन् । जुन भोटिङ्ग सिस्टम एसएमएसबाट छनौट हुनेछन् । आईडलका लागि सवै तयारी पूरा गरेर अडिसन तिव्र रुपमा अघि बढेको जानकारी दिएका प्रा.लि.का प्रवन्धक निर्देशक विशाल ढकालले भने,–‘आगामी चैत्र १० गते टप टेन छनौट गर्नेछौं, उनीहरु सवै भोटिङ्गबाट मात्रै छनौट हुनेछन् ।’

यस्तै, चैत्र १७ गते टप ८ जना र २४ गते टप पाँच जना छनौट गरिनेछन् । फाइनल अडिसनका चैत्र ३० गतेहुनेछ ।