☰ open Loading... 3 May 2024|  

कैलालीमा ११ वर्षीया बालिका बलात्कृत
  | २० फाल्गुन २०७४, आईतवार ०८:२६

टीकापुर ।  कैलालीको जानकी गाउँपालिकामा एक व्यक्तिले ११ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । साधुका रूपमा चिनिएका स्थानीय ५० वर्षीय भगत राम (परिवर्तित नाम) ले छिमेककी ११ वर्षीया बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक पुष्कर चन्दले जानकारी दिए ।

घरमा केही नभएको मौका छोपेर उनले आफ्नी नातिनी उमेरकी बालिकालाई कसैलाई भने मार्ने डर देखाई बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना फागुन १० गतेको हो । घटनापछि घरमै मिलापत्रको प्रयास गरिएको थियो ।

तर, पीडित पक्षले मिलापत्र गर्न अस्वीकार गरेपछि घटना प्रहरीसमक्ष पुगेको हो । बालिका बलात्कारमा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।