☰ open Loading... 3 May 2024|  

सुत्नलाई पालो कुर्छन् सल्यान कारागारका कैदीबन्दी
  | २० फाल्गुन २०७४, आईतवार ०९:३८

सल्यान । जिल्ला कारागार सल्यानमा कैदीबन्दीको चाप बढपे छि पालो लगाएर सुत्न पुर्ने अवस्था सिर्जना भएको छ । क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी भएपछि यस्तो समस्या आएको हो । नयाँ पत्रिकामा समाचार छ ।

कैदीबन्दी धेरै भएकाले राति सुत्न पनि पाइँदैन,’ ७० वर्षीय कैदी लालबहादुर बुढाथोकीले भने, ‘पालो लगाएर सुत्नुपर्छ, पालो कहिले दिउँसो पर्छ कहिले राति ।’ पालो लगाएर सुत्नुपर्दा निकै कठिन हुने गरेको उनको भनाइ छ ।

दिउँसो सुत्नुपर्दा अप्ठ्यारो 

अर्का कैदी धनबहादुर बुढाले पालो लगाएर सुत्नुपर्दा कष्टकर हुने गरेको बताए । ‘आप्mनो पालो राति परेका वेला त केही हदँु नै , तर दिउसोँ सत्ुने परकोले वेला भने साह्रै अप्ठ्यारो हुन्छ,’ उनले भने ।

अदालतबाट फैसलामा ढिलाइ 

हुँदा थुनुवा बढे अदालतबाट फैसला हुन ढिलाइ भएका कारण थुनुवाको संख्या वृद्धि भएको केसीको भनाइ छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले उनीहरूलाई एउटा कोठामा आकाशे खाट बनाउन सुरु गरेको केसीको भनाइ छ ।

‘यस्तो खाटमा १२ जनालाई सुताउन मिल्छ,’ उनले भने । तर पनि पालो लगाएर सुत्ने समस्या भने तत्कालका लागि रहिरहने केसीले बताए । कारागार जीर्ण र साँघुरो छ । जेलर केसीका अनुसार वार्षिक २० प्रतिशतका दरले कैदीबन्दीको संख्या बढिरहेको छ । कैदीलाई अन्यत्र सरुवा गर्दा जिल्ला छोडी जान नमान्ने गरेको उनको भनाइ छ । ‘त्यसैले गाडीको सिटको क्षमताभन्दा बढी यात्रु कोचेजस्तै गरी कैदीबन्दीलाई राख्ने गरिएको छ,’ केसीले भने । जीर्ण कारागार मर्मतका लागि माथिल्लो निकायसम्म पहल गर्दा पनि कुनै वास्ता नगरेको उनको भनाइ छ ।

क्षमता २५ जना कैदीबन्दीको संख्या १०२ 

जिल्ला कारागार सल्यानका जेलर विक्रम केसीले कारागारमा अहिले १०२ कैदीबन्दी रहेको जानकारी दिए । २५ जनाको क्षमता रहेको कारागारमा कैदीको संख्या बढेपछि पालो लगाएर सुत्नुपर्ने बाध्यता रहेको उनले बताए ।
‘रात परेपछि ४० जना कैदी सुत्छन् भने दिउँसो पनि ४०–४२ जना आलोपालो सुत्ने गरेका छन्,’ उनले भने । १०२ कैदीबन्दीमध्ये ८८ पुरुष र १४ जना महिला रहेको जेलर केसीले बताए । ‘हामीसँग पर्याप्त मात्रामा कोठा छैनन्,’ उनले भने, ‘पुरुषका ६ वटा र महिलाका लागि दुईवटा कोठा छन् ।’ जेलर केसीका अनुसार कैदीभन्दा थुनुवाको संख्या बढ्दो छ । ५० थुनुवामध्ये ४२ पुरुष र आठजना महिला छन् ।