☰ open Loading... 3 May 2024|  

नीति कार्यक्रमको विवरण पेश गर्न आर्थिक मामिल मन्त्रालयकाे अनुरोध
  | २० फाल्गुन २०७४, आईतवार १९:४१

सुर्खेत । आर्थिक मामिला तथा योजना मन्त्रालयको आईतबार बसेको बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षका लागि बजेट तयार गर्नुपर्ने भएकाले सबै मन्त्रालयले आफ्ना नीति तथा कार्यक्रमको विवरण पेश गर्न अनुरोध गरिएको छ ।

बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाको संयोजकत्वमा प्रदेश सरकार संचालन नम्र्स र खर्च मितव्ययिता सम्बन्धी मापदण्ड तथा आचार संहिता तयार पार्ने कार्यदल गठन गरिएको छ । फागुन २४ गते भित्र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिएको कार्यवाहक मुख्यमन्त्री प्रकाश ज्वालाले बताए ।

यसैगरी श्वेतपत्र तयार गर्नका आवश्यक तथ्यांकहरु मन्त्रालयबाट आवश्यक पर्ने ढाँचामा उपलब्ध गराउन आर्थिक मामिला मन्त्रालयले अनुरोध गरेको छ ।

शहरी तथा भवन निर्माण विभाग, डिभिजन कार्यलय सुर्खेतले केन्द्र सरकारबाट प्रदेश मन्त्रालयको कार्यालय व्यवस्थापनका लागि प्राप्त अख्तियारी बमोजिम हालसम्म प्रदेश सभा सचिवालय, प्रदेश प्रमुखको कार्यालय, सबै मन्त्रालयहरुको व्यवस्थापननार्थ जिन्सि खरिद, फर्निसिंग, मर्मत संभार लगायतका काममा खर्च तथा कार्य विवरण ३ दिनभित्र मन्त्रालयमा पठाउन आग्रह गरेको छ । कार्यालयगत रुपमा कति खर्च भएको विवरण बुझाउन कार्यवाहक मुख्यमन्त्री ज्वालाले निर्देशन समेत दिए ।

ज्वाला कर्णाली प्रदेशको कार्यवाहक मुख्यमन्त्री

 कर्णाली प्रदेशका आर्थिक मामिला तथा योनजा मन्त्री प्रकाश ज्वालाले कार्यवाहक मुख्य जिम्मेवारी सम्हालेका छन । मुख्यमन्त्री काठमाडौँ प्रस्थान गरेपछि ज्वालाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन । मुख्यमन्त्री शाही काठमाडौँ जादाँ कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री ज्वालालाई दिएका थिए । उनले प्रदेश सरकारले मुख्यमन्त्री नआउन्जेलसम्म कसरी काम थाल्ने भन्ने विषयमा छलफल गरेका हुन्।