☰ open Loading... 3 May 2024|  

डोल्पामा आन्दोलन, काठमाडौंमा संघर्ष समिति गठन
  | २१ फाल्गुन २०७४, सोमबार ०८:०७

डोल्पा ।  डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैमा कायम गर्न माग राख्दै काठमाडौंमा पनि संघर्ष समिति गठन गरिएको छ । राजधानी काठमाडौंमा आज धनराम बुढाथोकीको संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।

पहिले देखि नै दुनै कायम गरिएको उक्त नगरपालिकाको केन्द्र किर्ते गरेर रातारात जुफाल सारिएकोमा पुनः दुनैमा फिर्ता ल्याउन दबाब स्वरुप काठमाडौ‌मा पनि संघर्ष समिति गठन गरिएको दुनैका स्थानीय बविकिशोर गुरुङले बताए ।

सदरमुकाम चार दिन देखि बन्द  

यता केन्द्र सारिएको बिरोधमा सदरमुकाम दुनै चार दिन देखि बन्द गरिएको छ । बन्दका कारण सदरमुकाम आसपासका शैक्षिक संस्थाहरु ठप्प भएपछि पठनपाठन संगै विभिन्न सरकारी कार्यलयको कामकाज समेत प्रभावित भएको छ । आन्दोलनका कारण लामो तथा छोटो दुरीका लागि चल्ने यातायात समेत चल्न सकेको छैन ।

आफुहरुको माग पूरा नहुन्जेल आन्दोलन जारी राख्ने जिल्ला संघर्ष समितिका संयोजक हिक्मत शाहीले बताए । दुनै कायम गरिएको उक्त नगरपालिकाको केन्द्र १६ फागुनमा स्थायी रुपमै जुफाल सारिएको सुचना राजपत्रमा प्रकाशित भएपछि त्यसको बिरोध गर्दै आन्दोलन सुरु भएको हो ।