☰ open Loading... 3 May 2024|  

चामुण्डामा विकासे योजनाको अनुगमन
  | २२ फाल्गुन २०७४, मंगलवार ११:००

मदन विक,चामुण्डा (दैलेख)। चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखले चालू आर्थिक वर्षमा गरेका विकास निर्माणका योजनाहरुको स्थलगत अनुगमन सुरु गरेको छ । नगरपालिकाका उप–प्रमुख ताराकुमारी शाही (खत्री) को नेतृत्वमो नगरभित्र सञ्चालित योजनाको अनुगमन सुरु गरेको हो ।

वडा नं. १, २,३, ४, ५, ६,७, ८ र ९ मा सञ्चालित सडक पुर्वाधर निर्माणका योजनाहरुलाई समेत अनुगमन गरिउको थियो ।

नगरपालिकाले अनुगमनको पहिलो दिन वडा नं. ५ मा संचालित योजनाहरुको अनुगमन गरिएको छ । वडा नं. ५ निर्माण गरिएका सडकहरुको अनुगमन गरिएको थियो ।

अनुगनका क्रममा अधिकांस योजनाहरु मापदण्ड विपरित बनेको पाइएको छ । कतिपय वडामा भने सम्झौता नगरी निर्माण सम्पन्न गरिएको पाईएको बताईएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा सञ्चालन गरेको योजनाहरुको निर्माण अवस्था र त्यसको उपलब्धी सम्बन्धमा जानकारी लिन र बुझने उद्देश्यले योजनाहरुको अनुगमन गरिएको नगरपालिकाका उप–प्रमुख ताराकुमारी शाही खत्रीले जानकारी दिईन ।

अनुगमनको क्रममा स्थानीय उपभोक्ता समितिले गरेको कामको अध्ययन र छलफल गरिएको उनले बताईन । गुणस्तरीय काम भएको छ छैन भने स्थलगतरुपमै निर्देशन पनि दिने गरेको उनको भनाई छ । अनुगमनबाट योजनाहरुको अपारदर्शिताको अन्त्य हुन्छ, उनले भनिन् ।