☰ open Loading... 19 May 2024|  

प्रदेश आईडलबाट टप टेन छनौट
  | ३ चैत्र २०७४, शनिबार १८:३२

सुर्खेत । कर्णाली प्रदेश आइडलमा १० जना छनौट भएका छन् । शनिबार भएको ट्रयाक राउन्डमा अघिल्लो राउण्डबाट छनौट भएका १३ मध्य १० जना छनौट भएका हुन् ।

निर्णायक मण्डल र लाइभ भोटिङ्ग गरी १० प्रतिस्पर्धी छानिएको सिङ्गारो म्युजिक प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले जानकारी दिए । ट्रयाक राउन्डमा छानिएका १० प्रतिस्प्रर्धीहरु लागि एसएमएस भोटिङ्ग आजदेखि खुला गरिएको उनले बताए ।

ट्रयाक राउन्डमा छानिएका प्रतिस्पर्धीमा सावित्री अधिकारी, महेन्द्र बिक, बिराज थापा मगर, हिक्मत शाही, रवी ओड, सागर हमाल, पेमा सन्दुक लामा, खाँडजी परियार, आशिष बुढा र खगिसरा शाही छन् ।

ट्रयाक राउन्डमा छानिएका प्रतिस्पर्धी एसएमएस भोटिङ्गबाट छनौट भएर आगामी चैत्र १० गते हुने टप एट छनौट हुने सिङ्गारो म्युजिक प्रा.लि.का प्रवन्धक निर्देशक विशाल ढकालले जानकारी दिए ।

कर्णाली प्रदेशमा लुकेर रहेका प्रतिभा उजागरका लागि आयोजना गरेको प्रदेश आइडल कार्यक्रममा प्रथम हुनेलाई नगद रु. तीन लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख र चौथोले पचास हजार पुरस्कार रहेको आयोजकले जनाएको छ ।