☰ open Loading... 5 May 2024|  

सुर्खेतमा बेवारिसे अवस्थामा शिशु भेटियाे
  | ६ चैत्र २०७४, मंगलवार १८:४३

सुर्खेत । सुर्खेतमा बेवारिसे अवस्थामा छोडिएको शिशुलाई प्रहरीले उद्धार गरेको छ । वीरेन्द्रनगर नगरपालिका – ६ शनिहल नजिकै बेवारिसे अवस्थामा शिशुलाई फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेर जिल्ला प्रहरी कार्यालयले उद्धार गरेको हो । बिहान ६ बजे प्रहरीले शिशुको उद्धार गरेको हो ।

फायल तस्वीर

शिशु एक–दुई दिन अगाडि जन्मेको हुन सक्ने प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । शिशुलाई उपचारको लागि अहिले मध्यपश्चिम क्षोत्रीय अस्पताल कालागाउँ लगिएको छ भने शिशुको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

‘अहिले शिशुलाई क्षेत्रीय अस्पताल कालागाउँमा राखेर उपचार भइरहेको छ’ उनले भने, ‘ शिशु कसले छोडेको हो यसबारे हामीले अनुसन्धान गरिरहेका छौँ ।