☰ open Loading... 18 May 2024|  

सांसद खड्काले गरिन् बालकको उद्दार
  | ७ चैत्र २०७४, बुधबार १८:१३

सुर्खेत । आगोले जलेर घाइते भएका एक बालकको उद्धार गरिएको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका ९ घाटगाउँका ६ वर्षीय निरज नेपालीलाई उद्धार गरी अस्पताल भर्ना गरिएको हो ।

कर्णाली प्रदेशसभाकी सांसद पद्मा खड्काको पहलमा बालकलाई बुधबार मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याइएको हो । सांसद खड्काले बालकको सम्पुर्ण उपचार खर्च व्यहोर्ने बताइन् ।

गत फागुन २९ गते सलाई खेलाउने क्रममा आगो सल्किदा निरजकी ४ वर्षीय बहिनी अनुषाको ज्यान गएको थियो भने उनी घाइते भएका थिए । आगोले निरजको हात, मुख र खुट्टाको तल्लो भाग जलेको छ ।

आर्थिक अभावका कारण निरजका बाबुआमाले उपचारकालागि अस्पतालसम्म ल्याउन नसकेको बताए । ‘अस्पतालमा निस्शुल्क उपचार हुने भएपनि बाटो खर्च नहुँदा ल्याउने आँट गरेनौं’ आमा अमृताले भनिन् ।

सांसद खड्कासँगै पत्रकार दीपक बुढा र व्यवसायी निरक वलीले निस्शुल्क उपचारबाहेक लाग्ने अतिरिक्त खर्च व्यहोर्ने भएका छन् ।