| ८ चैत्र २०७४, बिहीबार १९:०३
काठमाडाैँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनका लागि केन्द्रीय सरकारलाई कर्मचारी र बजेट पठाउन माग गरेका छन ।
‘प्रदेश चलाउन पैसा र कर्मचारी खोइ रु’ रफत क्लबले बिहीबार आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, ‘बजेट र कर्मचारी अभावले प्रदेश सरकार सञ्चालनमा विभिन्न समस्या आउने गरेको छ ।’
मुख्यमन्त्री शाहीले प्रदेश संचालन गर्न दक्ष कर्मचारी चाहिने बतानु भयो । ‘प्रदेश नितान्त नयाँ विषय हो’ उनले भने, ‘यसलाई प्रभावकारी ढंगले सञ्चालन गर्न दक्ष कर्मचारीको चरम अभाव छ, सरकारले कर्मचारी पठाइदिए सहज हुने थियो ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश चरम अभावमा गुज्रिरहेको स्मरण गराउँदै प्राकृतिक स्रोत साधन उपयोग गरेर त्यसलाई समृद्ध पार्ने बताए ।