☰ open Loading... 21 May 2024|  

एनटीसीको १ सयको रिचार्जको मूल्य १ सय २० रुपयाँ
  | ८ चैत्र २०७४, बिहीबार १९:०७

जुम्ला  ।  पातारासी गाँउपालिकामा नेपाल टेलिकमको रिचार्ज मुल्य भन्दा मूल्य लिएर बिक्री भइरहेको खुलेको छ ।

 नेपाल टेलिकमले दुरसंचार शुल्क भ्याट तथा स्वामित्व कर समावेशसहित अधिकतम खुद्रा मुल्य ५० को रिचार्ज कार्डलाई ५० र रु. १०० को रिचार्जलाई रु १०० मा उपलव्ध गराएपनि पातारासी गाँउपालिकाका स्थानिय व्यापारीले एन।टीसी रिर्चाज पचासको रिर्चाजलाई ६० मा र १०० रुपैँया पर्ने रिर्चाजलाई १२० मा वेच्ने गरेको पाइएको छ ।

नेपाल टेलिकमले स्थानीय डिलरलाई कमिसनसहित उपलव्ध गराउँछ तर, जुम्लाका विभिन्न गाँउमा नेपाल टेलिकमले निधारण गरेको मुल्य भन्दा बढीमा बेच्ने गरेको पाइएको छ ।

नेपालगञ्जस्थित टेलिकमबाट एनटीसीको रिचार्ज कार्ड जुम्लामा ल्याउने गरेको र जुम्लाका व्यापारीलाई होलसेल कमिशन १०० को रिचार्जमा ३ रुपैया र ५० रुपैयाँको रिचार्ज कार्डमा १ रुपैया ५० पैसा कमिशन दिएर बेच्ने गरिएको छ ।