☰ open Loading... 30 April 2024|  

अभिमुखिकरण कार्यक्रम सम्पन्न
  | १२ चैत्र २०७४, सोमबार १८:४१

सुर्खेत । नेपाल प्रादेशिक संरचनामा बाल सहभागिता प्रर्वद्धन तथा बालवालिकामा लगानी विषयक प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्लान नेपालको सहयोग, समाज जागरण नेपाल (स्याक) को समन्वय र कन्सोटियम नेपाल कर्णाली प्रदेशको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रदेशसभा सदस्य पद्म खड्काले संघीय संरचनाअनुसार प्रदेश सरकारले बालबालिकाका क्षेत्रमा लगानी बढाउनुपर्ने बताइन् । उनले बालबालिकाका क्षेत्रमा निती निर्माण गरेर भएपनि बालबालिकालाई अगाडी ल्याउनुपर्ने बताइन् । कर्णाली प्रदेशमा गैरसरकराी संस्थाहरुलाई व्यवस्थित रुपमा परिचालन गर्नुपर्ने बताइन् । सञ्चार माध्याममा आएको मुख्यमन्त्रीको अभिव्यक्तिले त्रसित नहुन आग्रह गरिन् ।

कार्यक्रममा समाज जागरण केन्द्रका अध्यक्ष एवम् कन्सोटियम कर्णाली प्रदेश संयोजक मीना तिवारी शर्माले गैर–सरकारी संस्था प्रदेश सरकारसँग समन्वय गर्न तयार रहेको बताइन् ।

उनले समृद्धि र विकासका लागि गैससको भूमिका पनि गहन हुने भन्दै बालबालिकाका क्षेत्रमा प्रदेश सरकार जवाफदेही रुपमा लाग्न आग्रह गरिन् । कार्यक्रममा ६ जिल्लाका गाउँपालिका, नगरपालिका, वडापालिका, जिल्ला समन्वय समितिका पदाधिकारीहरुको सहभागिता थियो ।