☰ open Loading... 19 April 2024|  

यी हुन सुर्खेतका नौं उत्कृष्ट सहकारी
  | २० चैत्र २०७४, मंगलवार १९:२७

सुर्खेत । सुर्खेतका नौ वटा सहकारी संस्थाहरु यसवर्ष उत्कृष्ट सहकारीको रुपमा घोषित भएका छन् । ६१ औँ सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ सुर्खेतले नौ वटा सहकारी संस्थाहरुलाई जिल्लाको उत्कृष्ट सहकारीको रुपमा घोषणा गरेको हो ।

जिल्लाभरका ६ सय २६ सहकारीहरुमध्ये कार्यसम्पादन मूल्याङ्नको आधारमा उत्कृष्ट घोषणा गरिएको जिल्ला सहकारी संघ सुर्खेतले जानकारी दिएको छ ।

उत्कृष्ट सहकारीहरुमा गणेशजल, वहुउद्देश्यीय सहकारी, ग्रामीण जागरण वचत तथा ऋण सहकारी, वातावरण वहुउद्देश्यीय सहकारी, हरियोहिरा कृषि तथा जडिवुटी विकास सहकारी, त्रिपुरेश्वर वचत तथा ऋण सहकारी, हिमाली वचत तथा ऋण सहकारी छन् ।

यस्तै, गंगामाला स्वावलम्वन विकास वचत तथा ऋण सहकारी, पवित्र जनकल्याण कृषक सहकारी गुर्भाकोट र सिम्ता स्वावलम्वन सहकारी संस्था राकमलाई पनि उत्कृष्टताको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति संयोजक सिग्देलले कतिपय सहकारीहरु अझै पनि सहकारीको खास मूल्य मान्यताबाट विमुख भएको भन्दै सच्चिनु पर्नेमा जोड दिए ।

जिल्ला सहकारी संघका अध्यक्ष अमृत विसीले सहकारीको नियमन गर्ने अधिकार स्थानिय तहसम्म पुगेकाले स्थानिय तहले पनि सहकारीको गतिलो व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।

समारोहमा सहभागि भएका अन्य सहकारी अभियान्ता तथा सहकारीकर्मीहरुले दिगो विकासका लागि सहकारी नै महत्वपूर्ण पाटो रहेको उल्लेख गरेका छन् ।