☰ open Loading... 2 May 2024|  

नौमुलेमा पत्रकारीता तालिम
  | २० चैत्र २०७४, मंगलवार १९:३८

सुर्खेत । नौमेले गाउँपालिकाको नौमुले बजारमा आधारभूत पत्रकारीता तथा रेडियो उद्घोषण तालिम शुरु भएको छ । नौमुले गाउँपालिकाको आर्थिक सहयोग, रिपोर्टर्स क्लव नौमुले उपशाखाको समन्वय तथा रिपोर्टर्स क्लव शाखा दैलेखको आयोजनामा तालिम मंगलबारदेखी शुरु भएको हो ।

तालिमको उद्घाटन गाउँपालिकाका निमित्त अध्यक्ष गगन रोकामगरले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै रोकामगरले तालिम पश्चात गाउँपालिकाको समस्या उजागर र सम्भावनाको खोजी गर्नमा सहयोग पुग्ने अपेक्षा राखे ।

कार्यक्रमका विशेष अथिति रिपोर्टर्स क्लव शाखा दैलेखका अध्यक्ष गोविन्द केसीले हरेक स्थानीय तहमा निगरानी गर्न पत्रकारहरु उत्पादन गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा गाउँकार्यपालिकाका सदस्य, कार्यलय प्रमुख, राजनीतिक दलका प्रतिनीधि, रिपोर्टर्स क्लवका उपाध्यक्ष अभिषेक अनुराग, सहसचिव तिर्थ भण्डारी, उपशाखाका अध्यक्ष संदिप विश्वकर्मा लगायतको उपस्थिती थियो । तालिममा ८ वडाका २० जना सहभागी छन् ।