☰ open Loading... 17 May 2024|  

हवाई मार्गबाट केन्द्रीय राजधानीसंग जोडियो कर्णाली प्रदेश
  | २१ चैत्र २०७४, बुधबार १३:५९

सुर्खेत । लामो समयपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर हवाई मार्गबाट केन्द्रीय राजधानी काठमाडौंसंग जोडिएको छ । सुर्खेत विमानस्थलमा बुद्ध एयरको नाई एन कलसाईनको विमानको उडान सफल भएपछि अब नियमित उडान भर्न लागेको हो ।


काग्रो विमानस्थलमा परिणत भएको सुर्खेत विमानस्थलमा बुधबार बुद्ध एयरले सफल परिक्षण गरेको छ । वुद्ध एयरको ४७ सिटे नाइनएन आइएन कल साइनको विमानको परिक्षण समेत सफल भएको छ । अव बुद्ध एयरले बैशाख १ गतेदेखी नियमित उडान भर्दैछ ।

बुद्ध एयरको परिक्षणमा उडानका क्रममा विमानका प्राविधिक तथा विज्ञसहितको टोली सुर्खेत आएको थियो । उडानको क्रममा ४७ सिटसम्मको विमान अवतरणमा कुनै समस्या नभएको पाइलट, रञ्जनकुमार शर्माले बताए । १विमान अवतरण सहज छ, तर भिजिविलिटी आजकै जस्तै भए यही विमान ल्याण्ड गर्न सक्छौं’ पाइलट शर्माले भने ।

हवाई मार्गबाट सिँधै कर्णाली प्रदेश केन्द्रीय राजधानीसंग जोडिएकाले प्रदेश सरकार कर्णालीका अन्य जिल्लाका नागरिकहरुलाई सुर्खेत अवतरण गराउन हवाइ मार्गलाई प्रभावकारी बनाईने मन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री नन्दसिंह बुढाले बताएका छन् । उनले विमानस्थललाई विजनेश दिन कर्णाली प्रदेशका अन्य जिल्लाहरुमा उडान सुर्खेतबाटै भर्न अनिवार्य बनाउने जानकारी दिए ।

नियमित हुने हवाई उडानले कर्णाली प्रदेशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास नीजि क्षेत्रको छ । आन्तरिक तथा बाह्य पर्यटकको वृद्धिसंगै काठमाडौं पुग्न नेपागलञ्ज धाउनु पर्ने बाध्यताको अन्त्य भएकोमा नागरिक उत्साहित छन् ।