दैलेख – ३ वर्षअघि दुल्लु अस्पतालको स्थापनासंगै नवौं तहका डाक्टर दरवन्दी रहेकोमा अहिलेसम्म आएका छैनन् । अहिले नवौ तहको डाक्टर त के अन्य डाक्टर अस्पतालमा छैनन् ।
अस्पताल प्रमुख लालबहादुर गुरुग एमडीको परिक्षा दिन विदामा गएका छन् भने अर्को डाक्टर लिला देवकोटा १ महिनादेखी सुत्केरी विदामा छिन् ।
दुई वर्षका लागि छात्रवृत्तीमा पढेर आएका डा. पुष नेपाली आफ्नो कार्यकाल सकेर फर्किए । दुल्लु अस्पतालमा रहेका ३ जना डाक्टर छैनन् । डाक्टर नहुँदा दिनहुँ चेकजाँचका लागि आउने विरामीहरु प्रभावित भएका छन् । उनीहरु एचए र सिअहेवबाट चेकजाँच गरिरहेका छन् । एकै पटक डाक्टर सावहरु बाहिर जाने जुरेको मात्रै हो ।
दुल्लु अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष मातृका रिजालले भने, सरुवा बाहेक अन्य डाक्टर सावहरु छिटटै आउनु हुन्छ । स्थापनाकालदेखी नवौं तहको डाक्टरको दरवन्दी भएपनि पठाईएको छैन् । उनका अनुसार उर्जा मन्त्री भएका बेला जर्नाधन शर्माले दुल्लु अस्पतालमा कार्यरक्त स्टाफ नर्स जुनेली रावतलाई आफ्नो सचिवालयमा काजमा तानेका थिए । तर अहिलेसम्म रावतको काज फिर्ता भएको छैन् । łमन्त्रीले आफ्नो सचिवालयमा काज सरुवा गरेर अस्पतालका स्टाफलाई लगेका हुन तर, अहिलेसम्म उहाँ आउनु भएको छैन् । अध्यक्ष रिजालले भने ।
२१ जना स्वास्थ्यकर्मीहरुको दरवन्दी रहेको दुल्लुमा डाक्टर नहँदा विरामीहरु अन्यौल हुने गरेको छन् । अहिले अस्पताल डाक्टर विहिन भएपछि विरामीहरु उपचारका लागि जिल्ला बाहिर तथा जिल्ला अस्पतालमा आने गरेका स्थानीय निरक शाहीले बताए । डाक्टरी सेवा नहुँदा विरामीहरु चर्को शुल्क तिरेर जिल्लाबाहिर जाने गरेको शाहीले बताए ।
पोष्टमार्डम गर्न सकस
दुल्लु अस्पतालमा डाक्टर नहुँदा पोष्टमार्डम गर्न सकस हुने गरेको छ । आईतवार पोष्टमार्डमका लागि दुल्लु अस्पतालमा जिल्ला अस्पतालबाट डाक्टर निराजन पन्थी पुगेका थिए । डाक्टर नहुँदा पोष्टमार्डमका लागि लगिएका शवहरु समेत लामो समय लगाएर जिल्लाबाटै डाक्टर बोलाउनुपर्ने बाध्यता रहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष रिजालले जानकारी दिए ।