१७ वैशाख २०७५, दाङ
मध्यपश्चिममै पहिलो पटक होटल डोकोले लोपोन्मुख बाजाहरुको संरक्षण तथा संगीत लाई जिबन्त राख्ने उद्धेष्यका साथ डोको लोक फयुजन कार्यक्रम संञ्चालन गर्दै आएको छ । दाङ घोराहीमा रहेको होटल डोकोले प्रत्येक शुक्रबारका दिन बेलुका ७बजेदेखी डोको लोक फयुजन कार्यक्रमलाई निरन्तरता दिने आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । होटेल डोकोका प्रबन्ध निर्देशक बसन्त जि.एम.को अध्यक्षता तथा नेपाल पत्रकार महासंघका अध्यक्ष सबिन प्रियासनको प्रमुख आतिथ्य एंव बिशिष्ट आतिथिहरु नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष सुदिप गौत्म र नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष बसुन्धरा गौत्मको उपस्थीतिमा सम्पन्न पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै होटेल डोकोका प्रबन्ध निर्देशक बसन्त जि.एमले सुमधुर बबाल फ्राईडे नाम दिएर डोको लोक फयुजन कार्यक्रम संञ्चालन गर्दै आएकोमा यस्लाई निरन्तरता दिइने बताउनुभयो ।
एकजना डाक्टर र ५जना ईन्जिनियरको संयुक्त लगानीमा संञ्चालनमा ल्याईएको होटेल डोकोमा अहिले २३जना कर्मचारीहरुले काम गर्दै आईरहेको बताउदै जि.एम.ले १३वटा ब्बवस्थीत र लक्जरी किसिमका कोठाहरु रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै जि.एम.ले बिशुद्ध कफि पनि आफुहरुले यहि नै तयार गर्ने बताउनुभयो भने आफुहरुले संगीत तथा कलाक्षेत्रलाई पनि जिबन्त राख्ने उद्धेष्यका साथ नेवारा ब्याण्ड र लोकसंस्कृति दुबै संगीतको फयुजन लाई डोको लोक फयुजन कार्यक्रम मार्फत संञ्चालनमा ल्याईएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय लोकदोहरी प्रतिष्ठान दाङका उपाध्यक्ष राजेन्द्र दाहालले लोपोन्मुख बाजाहरुको संरक्षणका लागी होटेल डोकोले आयोजना गरेको सुमधुर संगीत साझले हरेक बर्गलाई समेट्ने बताउदै आफुहरुले सारङी,बासुरी,मादल,चाप र सकरको प्रयोग बाट संगीत पारखीहरुको माग अनुसार नै संगीत सुनाउने बताउनुभयो । यसैगरी कार्यक्रममा बोल्दै नेवारा ब्यायण्डका सफल गुरुङले युवा जमातको मागलाई ध्यानमा राख्दै गितार र ड्रमसेटहरुको माध्यमबाट वेस्टर्न प्रकारका संगीत पस्कने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सबिन प्रियासन,नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष सुदिप गौत्म लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण पत्रकार आर.के सितलले गर्नुभएको थियो । यसैगरी डोको लोक फयुजन कार्यक्रममा सहभागी हुनका लागी सम्पुर्ण दर्शक तथा श्रोताहरुका लागी निशुल्क प्रबेश रहेको,होटेल डोकोले जनाएको छ ।