☰ open Loading... 1 May 2024|  

दैलेखमा पनि संस्कृत विद्यालय स्थापना
  | १९ बैशाख २०७५, बुधबार १०:१८

गोविन्द केसी
दैलेख वैशाख १६ –

विद्यालयको उद्घाटन कार्यक्रममा सहभागीहरु । तस्विर– नागरिक

दैलेखमा पहिलो पटक संस्कृती भाषामा पढाई हुने भएको छ । श्री पंचकोशी वेद विद्याश्रम (धार्मीक विद्यालय) नामबाट यहि वर्षदेखी संस्कृती भाषामा पढाई सुरु भएको हो ।  दुल्लु नगरपालिकाको आर्थिक सहयोगमा यसवर्षदेखी विद्यालयको पढनपाढन सुरु भएको हो । अहिले विद्यालयका लागि ४ कोठा भवन भाडामा लिएर सुरु गरिएको छ । नगरपालिकाले असारभित्र सुविधासम्पन्न भवनका लागि बजेट विनियोजन गरिसकेको जनाईएको छ ।

२०७३ सालदेखी जिल्ला शिक्षा कार्यालयले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कितिखम्वा दुल्लुबाट पढाई हुने गरि अनुमति दिएपछि स्वतन्त्र विद्यालयका स्थापना भएको थिएन् । विगतमा आर्थिक अभावका कारण यो विद्यालय छुट्टै थिएन् । गत वर्ष यहाँ २४ जना विद्यार्थीले पढेका थिए । अध्यापन गराउनका लागि बनारसबाट शिक्षक झिकाईएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद उपाध्यायले बताए । अहिले वनारसबाट पण्डित चन्द्रप्रसाद दाहालले संस्कृती पढाउँछन् ।

विद्यालयमा नगरपालिकाको सहयोग भएपछि निःशुल्क रुपमा विद्यार्थीहरुलाई पढाईका साथै खानानास्ता र आवासिय सुविधा पनि रहेको अध्यक्ष उपाध्यायले बताए । विद्यालय दुल्लुनगरपालिका –१० नाविस्थानमा रहेको छ । जिल्लाबाट यसअघि दाङ, स्वर्गद्धारी र भारताका विभिन्न ठाउँमा गएर पढ्नुपर्ने बाध्यता रहेको थियो । यहाँ नेपाली, अंग्रेजीका साथै संस्कृती, वेद, रुण्दी, चण्डी, ब्याकरण कर्म काण्ड लगायत विषयहरु पढाई हुने गरेको जनाईएको छ । łविद्यालयमा जातिय विभेद छैन् ।

अध्यक्ष उपाध्यायले भने, सवैका लागि विद्या आर्जन गर्ने थलोको रुपमा स्थापना गरेका छौं । नगरपालिकाले भवन सहित विद्यालय स्थापनामा सहयोग गरेको दुल्लु नगरपालिका दैलेखका मेयर घनश्याम भण्डारीले बताए । łधार्मीक विकास लागि विद्यालयबाट सुरुवात गरिएको छ ।

 दुल्लु नगरपालिकाका मेयर भण्डारीले भने, समग्र पर्यटन विकास र सनातन हिन्दु धर्म जग्रेना, नैतिकवान आर्दश नागरिक उत्पादनका लािग धार्मीक विद्यालय कोशेढुंगा सावित हुनेछ । यसको प्रचार भए बाहिर जिल्लाबाट पढ्नेको घुईचो हुने छ ।