☰ open Loading... 26 April 2024|  

नागरिक सम्मेलनमा सहयोग गर्ने प्रतिबद्धता
  | १८ बैशाख २०७५, मंगलवार १८:४१

सुर्खेत । कर्णाली प्रदेशको समृद्धि र बिकासका लागि राष्ट्रिय तथा अन्तरास्ट्रिय बिकास साझेदार नागरिक संगठन तथा गैरसरकारी संस्थाहरुको सहभागीतामा हुन लागेको नागरिक सम्मेलनमा सहयोग गर्ने प्रतिबद्धता यहाँका नागरिक संघ संगठनहरुले जनाएका छन् ।

नागरिक सम्मेलन आयोजक समितिका संयोजक डिल्लु घिमिरेको उपस्थितिमा मंगलबार वीरेन्द्रनगरमा नागरिक संघ संठनहरुका प्रतिनिधिहरुसंगको बैठकमा सम्मेलनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उद्योग वाणिज्य संघ, शिक्षक महासंघ, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, सामुदायिक रेडियो प्रसारक संघ, सिँचाई महासंघ, क्यान महासंघ, नेपाल रेडक्रस, फेकोफेन लगायतका संघ संस्थाले सम्मेलनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेश समितिले यही बैशाख २१ गते प्रदेश स्तरीय नागरिक सम्मेलन गर्दैछ ।

कर्णाली प्रदेशका अवसर, संभावना र प्राथमिकताहरु पहिचान गर्न, दिगो विकासका लक्ष्य र यसलाई कर्णालीको विकास अभियानमा कसरी लैजान सकिन्छ भन्ने विषयमा साझा धारणा बनाउन,प्रदेशको विपद् व्यवस्थापन चुनौती र सम्बोधन गर्न सम्मेलन आयोजना गरिएको गैसस महासंघका कर्णाली प्रदेश ईन्चार्ज डिल्लु घिमिरेले जानकारी दिए । सम्मेलनको कर्णाली प्रदेश का मुख्य मन्त्री महेन्द्रबहदुर शाहीले उद्घाटन गर्ने जनाइएको छ ।