☰ open Loading... 1 May 2024|  

सामाजिक कार्यमा बजाज कम्पनी अग्रसर, विपन्न बालबालिकालार्इ शैक्षिक सामग्री हस्तान्तरण
  | २३ बैशाख २०७५, आईतवार १९:०३

सुर्खेत । बजाज कम्पनीले सुर्खेतका विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गरी सुर्खेतको वीरेन्द्रनगर–५, चिसापानीमा सञ्चालित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा पढ्ने १ सय ५० जना विद्यार्थीलाई एक÷एक दर्जन कापी, र पेन्सिल वितरण गरेको हो ।

कम्पनीले ‘मेरो गाउँ मेरो बजाज’ अभियान अन्तर्गत ती सामग्री वितरण गरेको बताएको छ । सुर्खेतका लागि बजाज कम्पनीका मोटरसाइकल तथा पाटर््सहरुको अधिकृत विक्रेता असीम अटो पार्ट्सले नेपाल राष्ट्रिय आधारभूत विद्यालयको आग्रहमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो ।

असीम अटो पार्ट्सका सञ्चालक लक्ष्मण कँडेलले व्यापार व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै बजाजले ‘मेरो गाउँ मेरो बजाज अभियान’ शुरु गरेको जानकारी दिए ।

यसअघि कम्पनीले जिल्लाका पाँच वटा विद्यालयमा यसैगरी शैक्षिक सामग्री वितरण गरिसकेको उनले बताए । विद्यालयका प्रधानाध्यापक तेजकुमारी चपाईले बजाजद्वारा विपन्न डेढ सय विद्यार्थीलाई निशुल्क शैक्षिक सामाग्री वितरणबाट शैक्षिक गुणस्तर बृद्धिमा टेवा पुग्ने अपेक्षा राखिन् ।