☰ open Loading... 2 May 2024|  

सुर्खेत प्रहरीको निशानामा जुवाडे, पाँच पक्राउ
  | २४ बैशाख २०७५, सोमबार ०८:५४

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवाडेलाई ‘क्लिन स्पीप’ पार्न विशेष अप्रशेन थालेको छ । विशेष सुराकीको आधारमा सोमबार विहानै प्रहरीले पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।


दैलेख दुल्लु नगरपालिक–२ का हाल वीरेन्द्रनगर–४ भैरवस्थानमा प्रतिक होटल सञ्चालन गर्दै आएका होटल सञ्चालक ऐन बहादुर शाहीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछाम तुर्माखाँध गाउँपालिका–४ का डेकेन्द्र बुढा, दैलेख चामुण्डा बिन्दासैनी नगरपालिकाका– ९ का हर्क बहादुर थापा, दैलेख दुल्लु नगरपालिका–३ का अनिल कार्की, सोही ठाउँका छत्र बहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । उनका अनुसार होटलमै जुवातास खेलाइरहेको विशेष सुराकीका आधारमा पक्राउ गरिएको हो ।

जुँवा खालबाट जुवा खेलिरहेको अबस्थामा तीन गड्डी तास, नगद रु. ४९ हजार तीस र बिभिन्न कम्पनीका चार सेट मोबाईल फोन बरामद गरिएको एसपी चतुर्वेदीले बताए । उनले जुवाडेलाई क्लीन स्वीप पार्न विशेष अप्रेशन थालेको जानकारी दिए ।

आईतबार मात्रै प्रहरीले वीरेन्द्रनगरको लाटीकोईलीबाट ३४ हजार नगदसहित तीन जुवाडे पक्राउ गरेको थियो । पक्राउ परेका जुवाडेलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।