☰ open Loading... 20 April 2024|  

सुर्खेतकाे सिम्तामा वृद्धकाे हत्या अाराेपमा अामा-छाेरी पक्राउ
  | २६ बैशाख २०७५, बुधबार २०:४७

सुर्खेत । सिम्ता गाउँपालिकाका एक व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा आमा–छोरीलाई प्रहरीले पक्राउ गरेको छ । सिम्ता गाउँपालिका–५ तामाचौरका ५७ वर्षिय नहकुल शाहीको हत्याको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।


बुधबार विहान मृत अवस्थामा नहकुल घर नजिकै मृत अवस्थामा फेला परेका थिए नहकुलको शरिरको बिभिन्न ठाँउमा चोटपटक लागेको अबस्थामा घर नजिक शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

उनका अनुसार ईलाका प्रहरी कार्यालय प्रहरी निरिक्षक मधुसुदन न्यौपानको कमाण्डमा गएको टोलीले प्रारम्भिक अनुसन्धानका लागि नहकुलका श्रीमति तुल्सा शाही र छोरी कल्पना शाहीलाई पक्राउ गरिएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानबाट आमा–छोरी मिलेर हत्या गरेको स्वीकार गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।