कालिकोट –
सान्नि त्रिवेणी गाउँपालिकामा ठुलो भ्रष्टाचारको आशंका गरिएको छ । २०७४ साल माघ १६ र १७ गते दिलबहादुर कठायत र केशव कठायत दुई दाजुभाईले राखेको स्वस्थ्य शिविरलाई देखाएर गाउँपालिका अध्यक्ष र कार्यकारी प्रमुखले भ्रष्टाचार गरेको आशंका गरिएको छ । सामाजिक सेवाका लागि कर्णाली स्वास्थ बिज्ञान प्रतिस्ठानको प्राविधिक सहयोगमा गाउँपालिकामा कठायत दाजुभाइले बृहत स्वास्थ्य शिविरको आयोजना गरेका थिए ।
स्वस्थ्य शिविर कठायत दाजुभाईले आफ्नो आम्दानीको केही अंशबाट सम्पन्न गरेका थिए । सान्नि त्रिबेणी गाउँपालिकाको आवस्यक समन्वयमा आयोजना गरिएको शिविरमा गाउँपालिकाको एक पैसा पनि नपरेको बताइएको छ । आयोजक दिलबहादुर कठायतका अनुसार गाँउपालिकाले स्थानीय व्यबस्थापनको भुमिका मात्र निर्वाह गरेको थियो, ।
उनले भने, ‘खै कसरी औषधिको विल गाउँपालिकामा आई पुग्यो हामीलाई थाहा भएन ।’ शिविरमा आबस्यक सम्पुर्ण औषधि कठायत दाजुभाइले नै व्यबस्था गरेको स्थानिए सरोकारवालाहरु बताउँछन । शिविरको समापन पछि बाँकि रहेको ठूलो परिमाणको औषधि स्थानीय स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको कठायत दाजुभाईले भनाई छ ।
यसरी गाउँपालिकाको आर्थिक सहयोग विनानै सम्पन्न भएको स्वास्थ्य शिविरकोे नाम बेचेर गाउँपालिकाका अध्यक्ष र कार्यकारी प्रमुखको मिलेमत्तोमा १६ लाख रुपैया भ्रष्टाचार भएको देखिन्छ । गाउँपालिकाको यो हर्कतले कठायत दाजुभाईले गरेको समाजसेवा, दुःख र आर्थिक सहयोगले गिज्याइरहेको छ ।