☰ open Loading... 17 May 2024|  

कर्णालीको बजेट अधिवेशन सुरु : संसदमा चार विधेयक टेबुल
  | ११ जेष्ठ २०७५, शुक्रबार २०:४०

सुर्खेत । कर्णाली प्रदेश सभाको बजेट अधिवेशन शुक्रबारदेखी शुरु भएको छ । शुक्रबारको बैठकमा विभिन्न चार विधेयक संसद्मा टेबुल गरिएका छन् ।

प्रदेश सभामा सामाजिक बिकास मन्त्री दल रावलले गैर सरकारी संघ÷सस्थाहरुलाई पारदर्शी र नागरिकप्रति उत्तरदायी बनाउन सामाजिक संघ-संस्था सञ्चालन तथा व्यवस्थापन विधेयक–२०७४को मस्यौदा तयार भएको भन्दै विधेयक संसदमा टेबुल गरेका छन् ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानु मन्त्री नरेश भण्डारीले मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा सम्बन्धी कानुन तर्जुमा गर्न बनेको विधेयक–२०७५, कर्णाली प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि ऐन–२०७५ र कर्णाली प्रदेशको गाउँसभा र नगरसभाका कानुन निर्माण प्रक्रिया सम्बन्धी ऐन–२०७५ पनि शुक्रबारको संसद् बैठकमा टेबुल गरेका छन् ।