☰ open Loading... 2 May 2024|  

जनप्रतिनिधिको तलब घटाउन माग गर्दै कांग्रेस सांसदले संशोधन हाल्ने
  | २५ जेष्ठ २०७५, शुक्रबार १३:०९

सुर्खेत । कर्णाली प्रदेशका जनप्रतिनिधिहरुको तलव घटाउनु पर्ने भन्दै कांग्रेस सांसदहरुले संशोधन हाल्ने भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संसदमा पेश गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा विधेयक माथि संशोधन हाल्न लागेको हो ।

जीवनबहादुर शाही प्रस्तावक रहेको रहेको संशोधनको कारणमा खुलाइएको छ,–‘सेवा सुविधाको अंक नमिलेको र कामको आधारमा बढी पाउनु पर्नेलाई कम र कम पाउनु पर्नेले बढी भएका छ ।’

संसोधनमा वडा अध्यक्षको तलव बढाउननु पर्ने माग कांग्रेसको छ । जनताको काममा वडाध्यक्षहरुले विकटमा पुगेर सेवा गरिरहेको र कर्मचारी सरह उनीहरुले खटिएकाले तलब बढाउनु पर्ने संशोधन हालेको कांग्रेसका सांसदहरुले बताएका छन् । आज बस्ने संसद बैठकमा संशोधन हालिने विपक्षी दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए ।
यस्तो, कांग्रेस सांसदहरुले हाल्न लागेको जनप्रतिनीधिहरुको सेवा सुविधा माथिको संशोधन