☰ open Loading... 17 May 2024|  

अधिनायक विरुद्ध कांग्रेस सुर्खेतले निकाल्यो र्याली (फोटो फिचर)
  | १५ श्रावण २०७५, मंगलवार १४:०७

सुर्खेत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुर्खेतमा पनि सरकारविरुद्ध प्रदर्शन गरेकाे छ । सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेस सुर्खेतले प्रधानमन्त्री केपी शर्मा अाेली विरुद्ध नारा लगाएका थिए ।

लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका मुख्य एजेण्डामा विराेध स्वरुप वीरेन्द्रनगरमा र्यालीकाे अायाेजना गरिएकाे कांग्रेस सुर्खेतले जनाएकाे छ ।

वीरेन्द्रनगरकाे म‌ंगलगढीचाैकबाट शुरु भएकाे र्याली बजार परिक्रमा गरेकाे थियाे । र्यालीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री हृदयराम थानी, पूर्व सञ्चार राज्यमन्त्री तप्पबहादुर विष्ट, कांग्रेस सुर्खेतका सभापती कमलराज रेग्मी, तरूण दल, नेविसंघ र महिला संघ लगायतका भातृ संगठनको सहभागिता रहेको थियो।