☰ open Loading... 30 April 2024|  

दुर्घटनामा बालकको मृत्यु
  | २१ श्रावण २०७५, सोमबार २२:२५

सुर्खेत । स्कुल बसको ठक्करबाट बालक मृत्यु भएको छ । वीरेन्द्रनगर–११ स्थित गाग्रेताल नजिकै ११ वर्षिय बालक प्रदिप अधिकारीको मृत्यु भएको हो ।

 

गाग्रेताल जाने बाटोमा सुप्रिम ईङग्लिस बोर्डिङ्ग स्कुलको भे १ क ४७३ नम्बरको बसले सोमबार साँझ बसले ठक्कर दिएको थियो । टाउकोमा गम्भीर चोट लागेका अधिकारीलाई उपचारार्थ क्षेत्रीय अस्पताल कालागाउँ लगिएको थियो ।

गम्भीर घाइते उनको उपचारक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । बस र सवारी चालक तेजबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।