☰ open Loading... 3 May 2024|  

सर्पले टाेक्दा उपचारकाे सट्टा झारफुकमा ध्यान दिँदा किशोरीको मृत्यु
  | २२ श्रावण २०७५, मंगलवार ११:४८

सुर्खेत । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरदेखी पश्चिम सुर्खेतको जामुकी एक किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१० जामुकी १४ वर्षिय हरिकला उपाध्यायलाई सर्पले टोक्दा मंगलबार विहान मृत्यु भएको हो ।

सर्पको टोकाईबाट मृत्यु भएकी जामुकी हरिकला । तस्वीर जगतदल जनला विक ।

विहान ५ बजेतिर हरिकलालाई सर्पले टोक्दा पनि उपचार गर्नुको सटटा झारफुकमै बढी ध्यान दिँदा ८ बजे उनको मृत्यु भएको पञ्चपुरी नगरपालिका वडा नम्बर १० का वडा सदस्य नैनसिंह विकले जानकारी दिए ।

बाढी पीडित विस्थापित शिविरमा बस्दै आएकी हरिकला विहान शौचालय गएको बेला सर्पले टोकेको थियो । हरिकला स्थानीय जनज्योति आधारभुम विद्यालय जामुमा कक्षा ८ मा अध्ययनरत थिइन् ।