☰ open Loading... 2 May 2024|  

रती खाेला उर्लिएपछि यात्रुलार्इ सास्ती
  | २२ श्रावण २०७५, मंगलवार १२:२३

दैलेख कर्णाली राजमार्गको यात्रा सकेर दैलेख सुर्खेत सडक खण्डतिर मोडिएका राजबहादुर थापा अव ढुक्कले सुर्खेत पुग्नेमा थिए । तर, तल्लोडुगेश्वर (कर्णाली राजमार्ग) देखी सियाकोटसम्मविच रहेको रति खोला उर्लिएपछि विहान आएका उनी राती ९ बजेसम्म त्यही रतिखोलामा अड्किए ।

कर्णाली राजमार्गको लामो यात्रा सकेका थापा रतिखोलामा रोकिएपछि निशास भएर यात्राको प्रतिक्षामा थिए । वर्षातयाममा यो खोलाले यसरी नै यात्रु तथा आवागमन गर्ने स्थानीयहरुलाई दुःख दिने गरेको छ । गुराँस गाउँपालिकामा रहेको यो खोला तर्ने क्रममा धेरैले विगतमा ज्यान समेत गुमाउनुपरेको छ ।

लगातारको वर्षले रतिखोला उर्लिएपछि कालिकोट जुम्लाबाट आएका सवारी साधन हुन् या सुर्खेत, दैलेखबजारदेखी रार्कम कालिकोट जाने सवै अड्किए । आईतवार विहानैदेखी रतिखोलामा रोकिएका यात्रुहरुको कम्ति विजोग थिएन् । यात्रुको न खानु छ न बस्ने ठेगान नै । खोला उर्लिनु एउटा पाटो अर्को नजिकै गएको पहिलोले रोकेको थियो ।

लोहोरे खोला तल माथि ठुलाठुला भिरका विचमा यात्रुहरु क्रसपूण रुपमा बसेका थिए । खोला नजिक गएको पहिलो हटाउन डोजर प्रयोग गरिएको थियो । तल्लोडुंगेश्वर प्रहरी चौकीको अग्रसरतामा पहिरो खुलाईएको थियो । पहिरो हटाउन र यात्रुहरुलाई छिटो पठाउनका लागि हरकोशिस गरेको तल्लो डुंगेश्वरमा रहेका ट्राफिक प्रहरी कुवेर केसीले बताए ।

खोला घटेपछि गाडी तारेर गन्तब्यमा पुग्ने योजना राती ९ बजे पुरा भयो । प्रहरी र स्थानीयको सहयोगमा रतिखोलाको बाढी र पहिरो हटाएपछि यात्रुहरुलाई सहज भएको थियो ।

खोला बढेपछि २ किलोमिटर गाडीको लाईन रहेको थियो । एक दिन अघि एउटा मोटरसाईल यहि खोलाले बनाएको थियो । मोटरसाईकल चालक डुंगा समातेर बचेको स्थानीयहरु बताउँछन् । यो खोलामा पुल बनाउनका लागि सडक डिभिजन कार्यालय सुर्खेतले टेण्डर खुलाएको भएपनि काम हुन सकेको छैन् ।