☰ open Loading... 19 April 2024|  

बँदेल अात‌ंकले गढीका कृषक चिन्तित
  | २२ श्रावण २०७५, मंगलवार १२:३४

सुर्खेत । जंगली जनावरले वर्षेबाली मकै नष्ट गर्न थालेपछि वीरेन्द्रनगरपालिका-१४ गढीका कृषकहरु चिन्तित बनेका छन् । जंगली जनावर बँदेल, दुम्सी र बादरले कृषकले लगाएकाे मकैबाली नष्ट पारेपछि चिन्तित बनाएकाे हाे ।

पाक्ने क्रममा रहेकाे मकै दिनहू अाउने जंगली जनावारले सखप पर्ने गरेकाे कृषक दलबहादुर राेकायले जानकारी दिए । उनले मुख्य खाद्यबालीका रूपमा रहेको मकै लगातार जंगली जनावरहरुले नष्ट गर्न थालेपछि बाली कसरी जाेगाउने भन्ने चिन्ता लागेकाे बताए ।

मकैको घोगा लाग्न लागेको बेला जंगली जनावरले मकैबाली नष्ट गरिदिएका छन् । बारीमै टहरा बनाएर रातभर चोकीदारी गर्दापनि मकैबाली जोगाउन मुस्किल भएको कृषक टंक प्रसाद उपाध्यायले जानकारी  दिए ।