☰ open Loading... 18 November 2024|  

सामाजिक न्यायको विकासमा सहकार्य : उप-प्रमुख ढकाल
  | २९ श्रावण २०७५, मंगलवार १९:३४

सुर्खेत । स्थानिय सरकारले सामाजिक संघ संस्थासँगको सहकार्यमा सामाजिक न्यायको विकासका बारेमा छलफल गर्ने वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले बताएकी छन् ।

समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतको २४ औं बार्षिकोत्सव तथा २३ औं वार्षिक साधारणसभामा बोल्दै उप–प्रमुख ढकालले समाज रुपान्तरणमा संघ संस्थालाई परिचालन गर्न नगरपालिकाले पनि समन्वय गर्ने बताएकी हुन् ।

नगरपालिकाले सामाजिक संघसंस्था परिचालन र अनुगमन निर्देशिका पारित गरेको जानकारी दिँदै ढकालले सबैको भुमिकालाई प्रभावकारी रुपमा कार्यन्वयन गरि अगाडी बढ्न नगरपालिका तयार रहेको प्रतिवद्धता जनाईन् ।

साधारणसभामा बोल्दै संस्थाका संस्थापक अध्यक्ष सुरेशकुमार तिवारीले विभिन्न समस्याका बाबुजत संस्था सफल बनेको बताए । अध्यक्ष तिवारीले प्रदेशको विकासको लागी व्यबहार र सोचमा परिवर्तन गर्नुपर्ने उल्लेख गरे ।

स्याकले महिला बालबालिका तथा किशोर किशोरीको गुणस्तरिय जीवनका लागी समृद्ध समाज निमार्ण गर्ने उदेश्यले सुर्खेत र दैलेखमा काम गर्दै आएको छ ।