☰ open Loading... 2 May 2024|  

राउटे समुदायमा मदिरा मुख्य चुनौती
  | ३ भाद्र २०७५, आईतवार १६:१६

दैलेख  । जंगलको राजा ठान्ने राउते समुदायमा मदिरा सेवन चुनौती बन्दै गएको छ । राउटे समुदायमा मदिरा सेवन निकै चुनौतीको रूपमा देखिएको हो ।

बस्तीमा प्रदान गरिएको सामान राउटे समुदायले निकै सस्तोमा बिक्री गर्ने र मदिरा सेवन गर्ने प्रचलन बढेपछि गाउँपालिकालाई राउटे बस्ती नजिकका व्यापारीलाई उनीहरूले बिक्री गर्ने कोसी मद्युसबाहेक अन्य सामान किनेमा पाँच हजारसम्म जरिवाना गराउने गाउँपालिकाले तयारी गरेको छ ।

मदिरा सेवनले समुदायका युवती, बालबालिका र वृद्धहरूमा असर परेपछि बाहिरको मदिरा भन्दा घरमै बनाएको मदिरा र जाँडसम्म खान पाउने गरिएको छ । उक्त गाउँपालिकाको वरपर मात्र बसोवास गरुन् भन्ने उद्देश्यले उनीहरूले निर्माण गरेका सामग्रीहरु एकमुष्ट खरिद गरिदिने र बिक्री केन्द्रमार्फत् बिक्री गर्न थालिएको छ ।

गाउँपालिकाले राउटे समुदायलाई परिचयपत्र प्रदान गरेर स्थायी बासिन्दा बनाउने अभियान थाले पनि अहिले उनीहरूमा विवाद चुलिएको छ । महामुखियासहितका एकथरिले आफ्नो फिरन्ते परम्परा छोड्न नहुने गरेका छन् भने मुखिया सूर्यनारायलगायतका केही व्यक्ति बिस्तारै परिवर्तन हुन सकिने अवस्था आए सहजैरूपमा स्वीकार गर्नुपर्छ भन्नेमा छन् ।

युवा र युवती पनि परिवर्तन हुनुपर्छ भन्नेमा छन् । बेलाबेलामा युवा बस्ती छाडेर १५ दिनसम्म बाहिर बस्ने गरेकाले पनि उनीहरूमा परिवर्तनको सङ्केत देखिएको हो ।